मिस वर्ल्डमा मिस नेपाल श्रृङखला खतिवडालाई भोट गर्ने ४ आधिकारिक तरिकाहरु

५ मंसिर २०७५, बुधबार १६:०१
Featured Video Play Icon

चन्द्र घलान/मकवानपुर, ५ मंसिर । चीनमा भइरहेको मिस वर्ल्डको प्रतिस्पर्धामा उत्रिएकी मिस नेपाल श्रृङ्खला खतिवडा यतिखेर चर्चामा छिन् । मोबस्टार एपमा पहिलो नम्बरमा परेकी उनलाई मिस वर्ल्डको दाबेदारका रुपमा हेरिएको छ । यसैबिच उनलाई भोट गर्नका लागि विभिन्न अनलाईन मिडियाहरुमा विभिन्न तरिकाहरु दिइएको छ जसमध्ये केही साईटमात्र आधिकारिक हुन् । साथै उनको नाममा फेक एकाउन्टहरु समेत अनलाईनमा छन् । यहाँ हामीले मिस वर्ल्डको आधिकारिक फेसबुक पेजमा दिइएको भोट गर्ने ४ तरिकाहरुलाई दिएका छौँ । जसलाई तपाईले भिडियोको डिस्क्रिप्सनबाट समेत हेर्न सक्नुहुन्छ ।

भोट गर्ने ४ वटा तरिकाहरु जान्न यो भिडियो हेर्नुहोस्–

१) मिस वर्ल्डको आधिकारिक प्रतियोगीको फेसबुक पेज लाईक गरेर
सबैभन्दा सुरुमा तपाईले मिस वर्ल्डको आधिकारिक फेसबुक पेजमा लाईक गर्नुहोस् र त्यहाँको आधिकारिक अपडेटहरु हेर्नुहोस् । मिस वर्ल्डको आधिकारिक फेसबुक www.facebook.com/missworld हो ।
मिस नेपाल श्रृङ्खला खतिवडालाई भोट गर्ने पहिलो तरिका मिस वर्ल्डमा उनको आधिकारिक प्रतियोगि फेसबुक पेजलाई लाईक गर्नु हो । उनलाई भोट गर्न  https://www.facebook.com/Miss-World-Nepal-297574443671301/ मा जानुहोस् । उनको पेजलाई लाईक गर्नुहोस् । उनको पेजको लाईकलाई नै भोटका रुपमा गनिन्छ । त्यहाँ तपाईँले उनको पेजको पोष्टलाई समेत लाईक, कमेन्ट र शेयर गर्न सक्नुहुन्छ ।

२) मिस वर्ल्डको आधिकारिक वेबसाईटबाट
श्रृङ्खलालाई भोट गर्ने दोस्रो तरिका भनेको मिस वर्ल्डको आधिकारिक वेबसाईटबाट उनलाई भोट गर्नु हो । उनलाई भोट गर्नका लागि www.missworl.com मा जानुहोस् । अथवा सिधै  https://missworld.com/#/contestants/5435 मा जानुहोस् । बेसाईट खुलेपछि Contestants (कन्टेस्टेन्ट्स्) भन्ने मेनुमा क्लिक गर्नुहोस् । त्यहाँ Contestants 2018 भन्ने ट्याब खुल्छ । त्यो ट्यामा माउस स्क्रोल गरेर तलसम्म जानुहोस् र सार्दै जाँदा २१ आँै लहरको सुरुमा नै श्रृङ्खला खतिवडा नेपाल भनेर लेखिएको उनको तस्बिर र नेपालको झण्डा समेत आउँछ । त्यसपछि उनको प्रोफाईलमा क्लिक गरेर उनको फोटो समेत हेर्न सकिन्छ ।
उनको बारेमा जानकारी समेत त्यहाँ दिइएको छ । त्यसपछि भोट पोईन्ट भन्ने अप्सन छ जसमा भोटिङ लाईन नखुलेको समयमा ० प्रतिशत लेखिएको हुन्छ । भोटिङ लाईन खुलेपछि भोट (Vote) भन्ने अप्सन समेत आउँछ र त्यहाँ तपाईले भोट गर्न सक्नुहुन्छ ।

३) मोबस्टार मोबाईल एप्लीकेशनबाट भोट गर्ने
श्रृङ्खलालाई भोट गर्ने तेस्रो अप्सनमा मोबस्टार (Mobstar) मोबाईल एप्लीकेसन हो । जुन मोबाईलमा मात्र चल्छ र मोबाईलबाट मात्र भोट गर्न मिल्छ । मोबस्टारमा अहिले श्रृङ्खला नम्बर १ मा छिन् । मोबस्टारबाट भोट गर्न
–मोबस्टार एप मोबाईलमा डाउनलोड गर्नुहोस् ।
–गुगल वा फेसबुक वा अन्य कुनै सामाजिक सञ्जाल मार्फत लग ईन गर्नुहोस् ।
–अब अङ्ग्रेजीमा Shrinkhala टाईप गरेर खोज्नुहोस् ।
–अब निलो टिक सहितको उनको प्रोफाईल देखिन्छ, तर आइओएसमा पहेँलो टिक देखाउँछ । उनलाई फलो गरीसकेपछि त्यहाँ पोष्ट हुने हरेक पोष्टलाई बायाँबाट दायाँ स्वाईप गर्नुहोस् जसको अर्थ उनलाई भोट गर्नु हो । उनको प्रोफाईललाई हरेक दिन हेर्नुहोस् र नयाँ पोष्टमा त्यसै गरी भोट गर्नुहोस् । हरेक पोष्टमा कमेन्ट गर्नुहोस् र आफ्नो आफन्तलाई समेत भोटको लागि अपिल गर्नुहोस् । उनको पोष्टमा गरिएको स्वाईप र कमेन्टलाई भोटका रुपमा गनिन्छ ।

मोबस्टारबाट भोट गर्ने तरिका जान्न यो भिडियो हेर्नुहोस्–

४) मोडल पावर लाईभबाट भोट गर्ने
श्रृङ्खलालाई भोट गर्ने चौथो तरिका मोडल पावर लाईभ वेबसाईटबाट उनलाई भोट गर्नु हो । त्यसका लागि तपाईले https://nsvote.onemyair.com/en/?id=1 मा जानुहोस् । वेबसाईट खुलेपछि तपाईले रिमेनिङ टाईम (Remaining Time) देखि लिएर त्यसैको तल सर्च बक्स देख्नुहुन्छ । त्यो सर्च बक्समा तपाईले श्रृङ्खलाको नाम अथवा प्रतियोगीको नम्बर लेख्नसक्नुहुन्छ । उनको प्रतियोगी नम्बर ७८ हो । नाम वा ७८ टाईप गरेपछि उनको प्रोफाईल देखिन्छ ।

उनको प्रोफाईल खुलेपछि उनको बारेमा जानकारी त्यहाँ तपाईले देख्नुहुनेछ । उनको फोटो सहितको तल लाईक (Like) भन्ने अप्सन दिइएको छ । लाईकमा क्लिक गरेर तपाई भोट गर्न सक्नुहुन्छ । तर लाईक भोट गर्न तपाईले फेसबुक लग ईन गर्नुपर्छ । लाईकमा क्लिक गरेपछि साईन ईन अप्सन आउँ र तपाईको फेसबुक लग ईन गर्न सकिन्छ । त्यसपछि भोट फर श्रृङ्खला खतिवडा (Vote For Shrinkhala Khatiwada) भन्ने डाईलग बक्स आउँछ । आउँछ र भोट फर (Vote For) मा क्लिक गर्नुहोस् । त्यहाँ तपाईँले एकपटक मात्र भोट गर्न सक्नुहुन्छ ।
यी ४ तरिकाका बारेमा तपाईको आफन्तलाई जानकारी दिन यो भिडियोलाई लाईक,कमेन्ट र शेयर गर्नुका साथै हाम्रो च्यानललाई सब्स्क्राईब गरेर सहयोग गरिदिनुहोला । नेपालको नाम विश्वमा अझै परिचित गराउन मिस नेपाल श्रृङ्खला खतिवडालाई भोट गरौँ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*