पत्रिकामा विज्ञापन गरी हेटौँडाका कृष्णलाई ठगी गर्ने सोलुखुम्बुका युवक पक्राउ

४ मंसिर २०७५, मंगलवार १४:५०

मकवानपुर, ४ मंसिर । मकवानपुरका एक युवकलाई पत्रिका प्रकाशित विज्ञापनका आधारमा ठगी गर्ने सोलुखुम्बु जिल्लाका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ बस्ने कृष्ण लामालाई ठगी गरेको भन्दै सोलुखुम्बु जिल्लाको तिङ्ला–६ बस्ने ३२ वर्षीय सन्तोष कार्कीलाई पक्राउ गरिएको हो । मकवानपुरबाट प्रकाशित हुने एक दैनिक पत्रिकामा प्रकाशित भएको सवारी चालक आवश्यकता सम्बन्धी विज्ञापनका आधारमा सोमबार दिउँसो लामाले फोन नम्बर ९८०४५८९१८ मा फोन सम्पर्क गरेका थिए ।

लामाले फोन गरेपछि सन्तोषले फोन रिसिभ गरी रोजगारीका लागि फर्म भर्न २ हजार १ सय १० लाग्ने बताएका थिए । लामासँग उक्त रकम लिएपछि अन्य साथीहरुलाई समेत लिएर आउनु भनेपछि लामाले आफु ठगिएको थाहा पाएका थिए । आफु ठगिएको थाहा पाएपछि लामाले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा गरेको उजुरीका आधारमा प्रहरीको बिशेष टोलीले गोप्य सुचनाको आधारमा सोमबार दिउँसो नै हेटौँडा १ मा रहेको सहकारी अस्पतालको छेउमा रहेको चिया पसल अगाडिबाट कार्कीलाई प्रक्राउ गरेको थियो ।

पक्राउ परेका कार्कीलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखी आवश्यक अनुसन्धान थालिएको प्रहरीले जानकारी दिएको छ ।
यो पनि हेर्नुहोस्–

मिस वर्ल्डमा सबैलाई पछि पार्दै एक नम्बरमा मिस नेपाल श्रृङखला खतिवडा, यसरी गरौँ भोट


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*