हेटौँडा र बकैयाका युवक मोबाईल चोरेको आरोपमा पक्राउ

४ मंसिर २०७५, मंगलवार १४:१८

मकवानपुर, ४ मंसिर । गएको कात्तिक १२ गते मकवानपुरको हेटौँडाबाट मोबाईल चोर्ने एकजना सहित दुई जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।

हेटौँडा–४ पारिजातपथ स्थित भुटनदेबि स्कुलको सटरमा रहेको भ्वाइस मार्ट पसलमा चोरी गरेको भन्दै प्रहरीले मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ६ बस्ने १८ वर्षीय विशाल दुलाल र सोमबार दिउँसो भिमफेदी गाउँपालिकाको त्रिखण्डी मेलाबाट मोबाईल चोरेको भन्दै हेटौँडा उपमहानगरपालिका वडा नम्बर १ बस्ने राम लामालाई पक्राउ गरेको हो ।

गएको कात्तिक १२ गते भ्वाईस मार्ट पसलको पछाडिको झ्यालको रड फोडी विभिन्न कम्पनीका ७ थान मोबाईलहरु चोरी भएको थियो । उक्त उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटेको बिशेष टोलीले गोप्य सुचनाको आधारमा हेटौँडा–४ खोपेगील्लबाट दुलाललाई ४ थान मोबाईल सहित नियन्त्रणमा लिएको हो ।

त्यस्तै सोमबार भिमफेदी गाउँपालिका वडा नम्बर १ स्थित त्रिखण्डी मन्दिरको परिसरमा एकादशी पर्बको उपलक्ष्यमा लागेको जात्रा हेर्ने एक महिलाको बगलिबाट सिम सहितको मोबाईल चोरी भएको थियो । चोरीको सूचना पश्चात लामालाई पक्राउ गरिएको हो । उनको साथबाट विभिन्न कम्पनीका ३ थान मोबाईल र नगद ४ हजार ९ सय ४० रुपैयाँ फेला परेको थियो । उनीहरु दुबैमाथि आवश्यक कारवाही सुरु गरिएको प्रहरीले जनाएको छ ।
यो पनि हेर्नुहोस्–

मिस वर्ल्डमा सबैलाई पछि पार्दै एक नम्बरमा मिस नेपाल श्रृङखला खतिवडा, यसरी गरौँ भोट


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*