मकवानपुरमा खसी चोर्ने २ जना व्यक्ति खसी सहित पक्राउ

४ मंसिर २०७५, मंगलवार १३:४१

मकवानपुर, ४ मंसिर । मकवानपुरको मनहरी गाउँपालिकामा खसी चोर्ने २ जना व्यक्तिहरु खसी सहित पक्राउ परेका छन् । खसी चोरेर बिक्री पश्चात फरार भएको अवस्थामा रामेछाप जिल्लाको गुन्छि गाउँपालिका वडा नम्बर ८ बस्ने बर्ष २२ को बिपिन चौलागाई र रामेछापकै चौरी गाउँपालिका वडा नम्बर ९ बस्ने बर्ष २३ को रामशरण गौतमलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

सोमबार राति मनहरी–९ खरङ्गा स्थित कुमार तामाङको घर नजिकै रहेको खोरबाट २ वटा खसी, वडा नम्बर १९ दामिरटार बस्ने सुनन्दर लाल श्रेष्ठको बाख्रा खोरबाट २ वटा खसी र १ वटा पाठी तथा वडा नम्बर १९ बस्ने राम कुमार थापाको घर पछाडि रहेको खोरबाट २ वटा खसी चोरी भएको थियो ।

प्रहरीले उजुरीका आधारमा अनुसन्धान गर्ने क्रममा हेटौँडा १० मा रहेको खसी बजारमा बिक्री गरी ती व्यक्तिहरु बा.१५ च ७६८८ नम्बरको बोलेरो गाडीमा चितवनतर्फ फरार भएको भन्ने सूचना मिलेको थियो । सोही सूचनाका आधारमा उक्त बोलेरोको खोजीका क्रममा मनहरी–७ मा रहेको चेकपोष्टमा गाडी फेला परेको थियो । गाडीका चालक बिपिन र सोही गाडीमा सवार रामशरणको शरिर खानतलासीका क्रममा ७१ हजार तथा खसी बजारबाट ५ वटा खसी र १ वटा पाठी फेला परेको थियो ।

पक्राउ परेका दुबै व्यक्तिसहित, बोलेरो गाडी, नगद तथा खसी र पाठी समेत कार्यालयमा ल्याई उनीहरुमाथि चोरी मुद्धामा आवश्यक कारवाही भइरहेको प्रहरीले जनाएको छ ।
यो पनि हेर्नुहोस्–

मिस वर्ल्डमा सबैलाई पछि पार्दै एक नम्बरमा मिस नेपाल श्रृङखला खतिवडा, यसरी गरौँ भोट


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*