
मिस वर्ल्डमा सबैलाई पछि पार्दै एक नम्बरमा मिस नेपाल श्रृङखला खतिवडा, यसरी गरौँ भोट

मकवानपुर, ४ मंसिर । मकवानपुरको हेटौँडामा जन्मिएर मिस नेपाल हुँदै विश्व सुन्दरी (मिस वर्ल्ड) को प्रतिस्पर्धामा उत्रिएकी मिस नेपाल श्रृङ्खला खतिवडा यतिखेर चीनमा आयोजना भइरहेको मिस वल्र्डको प्रतिस्पर्धामा सहभागी भएकी छिन् । विभिन्न संस्थाहरुले उनलाई विश्व सुन्दरी हुनसक्ने क्षमता भएकी नारीका रुपमा र्याङ्कीङ तथा चित्रण समेत गरिसकेको छ ।
वि.सं. २०७३–७४ को कलेज टपरका रुपमा आर्किटेक्टमा सफल भएकी श्रृङ्खलालाई भोट गर्न समेत उनले सामाजिक सञ्जाल मार्फत आग्रह गरेकी छिन् । उनी भोटिङमा समेत नम्बर १ मा रहन सफल भएकी छिन् । उनलाई मल्टी मिडिया अवार्ड जिताउन सकिए सिधै सेमिफाईनलमा पुग्ने बताइएको छ । श्रृङ्खलाले १ सय २१ देशका सुन्दरीहरुलाई समेत पछि पारेकी छिन् । प्रतिस्पर्धामा विश्वका १२१ देशका सुन्दरीहरुको सहभागिता छ । इभेन्ट सन् २०१८ डिसेम्बर ८ मा हुन लागेका बुझिएको छ ।
उनलाई भोट यसरी गर्नुहोस्–
१) मोबस्टार (Mobstar) एप मोबाईलमा डाउनलोड गर्नुहोस् ।
२) गुगल वा फेसबुक वा अन्य कुनै सामाजिक सञ्जाल मार्फत लग ईन गर्नुहोस् ।
३) अब अङ्ग्रेजीमा श्रृङ्खला खतिवडा Shrinkhala Khatiwada टाईप गरेर खोज्नुहोस् ।
४) अब निलो टिक (आइओएसमा पहेँलो) सहितको उनको प्रोफाईल देखिन्छ, उनलाई फलो गरीसकेपछि त्यहाँ पोष्ट हुने हरेक पोष्टलाई बायाँबाट दायाँ स्वाईप गर्नुहोस् जसको अर्थ उनलाई भोट गर्नु हो । उनको प्रोफाईललाई हरेक दिन हेर्नुहोस् र नयाँ पोष्टमा त्यसै गरी भोट गर्नुहोस् । हरेक पोष्टमा कमेन्ट गर्नुहोस् र आफ्नो आफन्तलाई समेत भोटको लागि अपिल गर्नुहोस् । उनको पोष्टमा गरिएको स्वाईप र कमेन्टलाई भोटका रुपमा गनिन्छ । नझुक्कीनुहोस् उनको नाममा अन्य प्रोफाईलहरु पनि छन् तर उनको प्रोफाईलमा निलो टिक लगाइएको देखिन्छ ।

तस्बिर–श्रृङ्खलाको ईन्ष्टाग्रामबाट
यो पनि हेर्नुहोस्
मिस वर्ल्डमा सबैलाई पछि पार्दै एक नम्बरमा मिस नेपाल श्रृङखला खतिवडा, यसरी गरौँ भोट
यसकारण फिल्म खेल्न चाहान्नन् मिस नेपाल श्रृङ्खला खतिवडा
मिस नेपाल श्रृङखला खतिवडाको भिडियो
को हुन् मिस नेपाल श्रृङखला खतिवडा ?
छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?
अशोक दर्जीको खतरा कमेडी भिडियो
स्वस्तिमा र सेड्रिनामा को राम्री ?
दुबईमा अशोक दर्जीलाई देखेपछि दर्शकहरु खुशीले भुतुक्कै
‘घ्रान’ : परम्परागत तामाङ चलचित्रमा टर्निङ प्वाईन्ट (भिडियो सहितको समिक्षा)
वडा अध्यक्षको नमूना फुलबारी
निर्मला पन्त सामुहिक बलात्कारको शिकार भएको खुलासा (हेर्नुहोस् भिडियो)
अशोक दर्जीको खतरा फ्यान (भिडियो सहित)
हेटौँडेली युवाहरुको नयाँ सर्ट मूभि ‘वास्तब’ रिलिज (हेर्नुहोस् भिडियो)
हेटौँडामा खुकुरी हानाहान हुँदाको लाईभ भिडियो