लागुऔषध सहित हेटौँडाका युवक पक्राउ

४ मंसिर २०७५, मंगलवार ०३:२५

मकवानपुर, ४ मंसिर । लागुऔषध नाईट्रोभेटसहित मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ का १९ वर्षीय संजय देउला पक्राउ परेका छन् ।

आईतबार दिउँसो कर्रा स्थित सडकमा वडा प्रहरी कार्यालय मकवानपुरबाट खटेको प्रहरी टोलीले शंकास्पद अवस्थामा हिँडिरहेको भन्दै देउलाको शरीर खानतलासी गरेका थिए । उनले लगाएको ज्याकेटको बायाँ खल्तिमा नाईट्रोभेट १०५ ट्याब्लेट फेला परेको थियो ।

उनलाई लागु औषध नियन्त्रण ऐन २०३३ बमोजिम मकवानपुर जिल्ला अदालतबाट अनुमती लिई आवस्यक कारवाही भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
यो पनि हेर्नुहोस्–

मिस वर्ल्डमा सबैलाई पछि पार्दै एक नम्बरमा मिस नेपाल श्रृङखला खतिवडा, यसरी गरौँ भोट


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*