हेटौँडामा सवारी दुर्घटनामा निधन भएका घिमिरेको नानी संकलन

४ मंसिर २०७५, मंगलवार ०३:०४

हेटौँडा, ४ मंसिर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ९ मा आईतबार भएको सडक दुर्घटनामा मृत्यु भएका सुदिप घिमिरेको आँखाको नानी संकनल गरिएको छ । हेटौँडा.४, निवासी सरोज घिमिरेले २० वर्षीय आफ्ना भाई सुदिप घिमिरेको सडक दुर्घटनामा मृत्यु भए पश्चात उनको आँखा दान गरेका हुन् ।

हेटौँडा सामुदायिक आँखा अस्पतालमा पहिलो पटक हेटौँडा ४ खोपेगल्लीका रामकृष्ण श्रेष्ठको नानी संकलन गरिएको थियो । तत्पश्चात हेटौडा २ का सर्गलाल श्रेष्ठ, भीमफेदी गाउँपालिका वडा नम्बर २ चुनियाका तेजप्रसाद बर्तौला, बारा घर भई हेटौँडा वडा नं. ९ बस्ने गोपाल सुनवार, हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ का मंगलकृष्ण मानन्धर, वडा नम्बर ५ का गोविन्द पुडासैनी, वडा नम्बर ९ का श्याम कर्माचार्य, मकवानपुरगढी गाउँपालिकाका प्रेमबहादुर भुजेल, हेटौँडा वडा नम्बर १० का कृष्णप्रसाद नेपाल र सानुबाबु विष्टको नानी संकलन भई सकेको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*