भ्वाईस अफ नेपालमा विवेक वाईबा लामा र विवेक लामा सेभ, अनु, आश्रा, एनी र सिडी बिजयलाई यसरी गरौँ भोट

३ मंसिर २०७५, सोमबार ०३:१७

मकवानपुर, ३ मंसिर । चर्चित सिङ्गीङ रियालिटी शो ‘द भ्वाईस अफ नेपाल’ को आईतबार भएको लाईभ राउण्ड मार्फत टिम दिपबाट विवेक वाईबा लामा र टिम अभयाबाट विवेक लामा सेभ भएका छन् । आईतबारको लाईभ शोमा कोच दिप श्रेष्ठ र कोच अभयाको टिमबाट ३–३ जनाले गरी ६ जना प्रतियोगीले प्रस्तुति दिएका थिए । कोच दिपको तर्फबाट लाईभमा उत्रिएका एनी श्रेष्ठ र सिडी बिजय तथा टिम अभयाको तर्फबाट अनु शाक्य र आश्रा कुँवरलाई भोटिङका लागि पठाइएको छ । साथै शनिबार भएको भोटको आधारमा टिम सनुपबाट शैलेश्वरी सिंह र टिम प्रमोदबाट श्रीजे थपलिया सेफ भएका छन् । साथै टिम सनुपबाट सानिध्य थापा र टिम प्रमोदबाट सुरज तामाङ बाहिरिएका छन् ।

कसरी गर्ने भोट ?

आईतबार लाईभमा प्रस्तुति दिएर सेभ भएका दुबै विवेक बाहेक अन्य ४ जनालाई तपाईले नेपाल बाहिर र नेपालबाटै उनीहरुको कोड प्रयोग गरी विभिन्न माध्यमबाट भोट गर्न सक्नुहुन्छ । सोमबार दिउँसो मध्यान्ह १२ बजेसम्म प्राप्त भोटको आधारमा निर्णय हुनेछ । अनु शाक्यलाई भोट गर्नका लागि नेपाल टेलिकम र एनसेल प्रयोगकर्ताहरुले उनको भोटिङ कोड ०४ टाइप गरी ३७००० मा भोट गर्न सकिनेछ । साथै ल्याण्ड लाईन वा मोबाईलबाट १६६६७७०४ मा कल गरेर समेत भोट गर्न सकिनेछ । त्यस्तै भारतबाट समेत उनको कोड नम्बर ०४ टाईप गरी ५३०१० मा म्यासेज गर्न सकिने बताइएको छ । भ्वाईस अफ नेपालको अफिसियल एप्लीकेसन मार्फत विदेशबाट समेत भोट गर्न सकिने छ ।

त्यस्तै आश्रा कुँवरलाई भोट गर्नका लागि नेपाल टेलिकम र एनसेल प्रयोगकर्ताहरुले उनको भोटिङ कोड ०५ टाइप गरी ३७००० मा भोट गर्न सकिनेछ । साथै ल्याण्ड लाईन वा मोबाईलबाट १६६६७७०५ मा कल गरेर समेत भोट गर्न सकिनेछ । त्यस्तै भारतबाट समेत उनको कोड नम्बर ०५ टाईप गरी ५३०१० मा म्यासेज गर्न सकिने बताइएको छ । भ्वाईस अफ नेपालको अफिसियल एप्लीकेसन मार्फत विदेशबाट समेत भोट गर्न सकिने छ ।

त्यस्तै एनी श्रेष्ठलाई भोट गर्नका लागि नेपाल टेलिकम र एनसेल प्रयोगकर्ताहरुले उनको भोटिङ कोड ०३ टाइप गरी ३७००० मा भोट गर्न सकिनेछ । साथै ल्याण्ड लाईन वा मोबाईलबाट १६६६७७०३ मा कल गरेर समेत भोट गर्न सकिनेछ । त्यस्तै भारतबाट समेत उनको कोड नम्बर ०३ टाईप गरी ५३०१० मा म्यासेज गर्न सकिने बताइएको छ । भ्वाईस अफ नेपालको अफिसियल एप्लीकेसन मार्फत विदेशबाट समेत भोट गर्न सकिने छ ।

त्यस्तै सिडी बिजयलाई भोट गर्नका लागि नेपाल टेलिकम र एनसेल प्रयोगकर्ताहरुले उनको भोटिङ कोड ११ टाइप गरी ३७००० मा भोट गर्न सकिनेछ । साथै ल्याण्ड लाईन वा मोबाईलबाट १६६६७७११ मा कल गरेर समेत भोट गर्न सकिनेछ । त्यस्तै भारतबाट समेत उनको कोड नम्बर ११ टाईप गरी ५३०१० मा म्यासेज गर्न सकिने बताइएको छ । भ्वाईस अफ नेपालको अफिसियल एप्लीकेसन मार्फत विदेशबाट समेत भोट गर्न सकिने छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*