मकवानपुरमा अवैधानिक रुपमा मदिरा बेचेको भन्दै होटल व्यवसायीलाई कारवाही

२ मंसिर २०७५, आईतवार १४:५६

मकवानपुर, २ मंसिर । मकवानपुरको मनहरीमा अवैध रुपमा मदिरा बिक्री वितरण गरेको भन्दै एक होटल व्यवसायीलाई कारवाही गरिएको छ । मनहरी गाउँपालिका वडा नम्बर ६ मा अवस्थित स्टोन पार्क भिलेज होटललाई कारवाही गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार होटलका संचालक सोही ठाउँमा बस्ने २३ वर्षीय सुनिल श्रेष्ठलाई कारवाही गरिएको हो । उनलाई राजश्व छलिको आरोपमा नियन्त्रणमा लिई आन्तरिक राजश्व विभाग मकवानपुरमा पठाइएकोमा उनलाई ११ हजार ७ सय ५० जरिवाना गरी छाडिएको प्रहरीले जनाएको छ ।

गएको कात्तिक ३० गते बिहान जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको बिशेष टोलिले मनहरी–६ लोथर स्थित स्टोन पार्क भिलेज नामको स्थाई लेखा नम्बर ६०४९१४८२२ भएको खाना र खाजा खुवाउने होटलमा अनाधिकृत रुपमा मादक पदार्थ (रक्सी) बिक्री वितरण गरेको भन्दै होटल संचालकलाई नियन्त्रणमा लिइएको थियो । प्रहरीले पसलको कागजात चेकजाँच गर्दा राजश्व छलि गरेको पाईएको दाबी गरेको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*