मकवानपुरमा आउँदैछिन् फिलिपिन्सकी राजकुमारी, यस्तो छ तयारी

२ मंसिर २०७५, आईतवार १३:०६

मकवानपुर, २ मंसिर । पश्चिम मकवानपुरको मनहरी गाउँपालिका ८ सिमपानीमा हुने ‘सकारात्मक चिन्तनले मानसिक शान्ति’ बिषयक प्रवचन कार्यक्रमको तयारी पुरा भएको आयोजकले जनाएको ।

सिमपानीमा निर्माणाधीन पर्यटकीय क्षेत्र पिस पार्कमा हुने कार्यक्रममा फिलिपिन्सकी राजकुमारी मारिया लियोन टोरिसर्स र शान्तिदूत अफिनिता चाइचाना पनि सहभागी हुँदैछन् । कार्यक्रम मनहरी पिसपार्कमा मंसिर ३ गते सोमबार बिहान १० बजे हुने छ । आमा घर सेवा आश्रम मनहरीको सहयोग तथा मनहरी गाउँपालिका तथा मनहरी पिसपार्कको आयोजनामा कार्यक्रम हुन लागेको हो ।

कार्यक्रमलाई व्यवस्थित गर्नका लागि स्वयमसेवकहरुको पनि परिचालन गर्ने र कार्यक्रम स्थलको आकर्षणको लागि सरसफाइ तथा रंगरोगन गरि सकिएको आयोजकले जनाएको मनहरीबाट संचारकर्मी जयराम मोक्तानले बताएका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*