हेटौँडामा भएको दुर्घटनाको कारण खुल्यो, २ जनाको ज्यान गयो, ट्रक चालक नियन्त्रणमा

२ मंसिर २०७५, आईतवार ११:०१

मकवानपुर, २ मंसिर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ९ गुम्बा चोकस्थित पुर्वपश्चिम राजमार्गमा आईतबार दिउँसो २ जनाको ज्यान जाने गरी भएको दुर्घटनाको वास्तविकता प्रहरीले सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आईतबार बिहान करिब पौने १२ बजेको समयमा बाराबाट हेटौडा बजारतर्फ आउँदै गरेको ना ६ ख ७०१७ नम्बरको मकै बोकेको ट्रक ना १ ह ८९५९ नम्बरको अटो र ना ४६ प ६२१ नम्बरको मोटरसाईकललाई साईड दिने क्रममा आफै अनियन्त्रित भई पल्टिएको हो ।

ट्रक पल्टिएर अटो र मोटरसाईकल च्यापिएपछि अटोमा सवार हेटौँडा ४ बस्ने बर्ष ३५ की गंगा चेम्जोङ र मोटरसाईकल चालक हेटौँडा ४ बस्ने बर्ष २० को सुदिप घिमिरे गम्भिर घाईते भएका थिए । त्यस पश्चात तत्काल उपचारको लागि हेटौँडा अस्पतालमा पठाईएकोमा उपचारको क्रममा करिब १२ः २० बजेको समयमा दुवै जनाको मृत्यु भएको प्रहीले जनाएको छ ।

उक्त ट्रकका चालक हेटौँडा १७ बस्ने बर्ष ४२ को एक बहादुर ब्लोनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा आवश्यक सोधपुछ भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक नरेश कुमार सिंहले बताएका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*