मकवानपुरे कलाकारहरुको तामाङ चलचित्र ‘रुङ्सी टिला’ मंसिर १९ र २० गते बिहान हेटौँडामा प्रदर्शन हुने

२ मंसिर २०७५, आईतवार ०९:२७

मकवानपुर, २ मंसिर । ह्याङ्ला मकवानपुर फिल्म प्रा.लि.को निर्माणमा बनेको तामाङ कथानक चलचित्र ‘रुङ्सी टिला’ (पर्खी बस्छु) यही मंसिर १९ र २० गते हेटौँडामा रहेको एन.एस. सिनेमाजमा प्रदर्शन हुने भएको छ । आईतबार हेटौँडामा अवस्थित न्यूज क्लब नेपालमा पत्रकार सम्मेलन तथा ट्रेलर रिलिज गर्दै चलचित्र टोलीले चलचित्र प्रदर्शनका बारेमा जानकारी दिएका हुन् ।

तामाङ चलचित्रका क्षेत्रमा एक दशकभन्दा बढी समय चर्चामा रही कार्य गरेका मकवानपुरका चर्चित कलाकार एवम् निर्देशक बाबु थिङको निर्देशनमा चलचित्र निर्माण गरिएको हो । कार्यक्रममा बोल्दै निर्देशक थिङले चलचित्रमा पारिवारिक कथा रहेको बताए । चलचित्रमा सौतेनी आमाको सम्बन्ध र पर्खाईमा रहेको प्रेमीको कथा समेत रहेको उनले जानकारी दिए ।

कार्यक्रममा बोल्दै चलचित्रका नायक सानु लामाले आफुले मुख्य भूमिका निभाएको चलचित्र पहिलो भएको बताउँदै उनले आफु एक समाज सुधारको बाटोमा लाग्न प्रेरित गर्ने शिक्षकको भूमिकामा चलचित्रमा देखिएको बताए ।

चलचित्रमा मकवानपुरको चर्चित पर्यटकीय स्थलहरु मकवानपुरगढी, पुष्पलाल स्मृति पार्क लगायतका स्थानमा छायांकन गरिएको चलचित्रमा मकवानपुरकै कलाकारहरुको वर्चश्व रहेको छ । चलचित्रमा मकवानपुरका नायक सानु लामा, विक्रम लुङ्वा, सुष्मा थिङ, काभ्रेकी सुनिता लुङ्वा, राजु नेगी, राधिका स्याङ्तान लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

चलचित्रको कथा ऋतुराज पाख्रिनले लेखेका हुन् । बाबु थिङ र विक्रम लुङ्वाको कोरियोग्राफी रहेको चलचित्रमा राजु किराँतको द्वन्द रहेको छ । चलचित्रका गीतहरुमा देवलाल मोक्तान र सुशिल मोक्तानले संगीत दिएका छन् । चलचित्रलाई राधिका स्याङ्तानले निर्माण गरेका हुन् ।
कार्यक्रममा चलचित्र टोली सहित नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ३ अध्यक्ष प्रताप विष्ट, महासचिव कृष्ण सारु मगर, प्रेस यूनियन मकवानपुरका निवर्तमान अध्यक्ष रुपेश दुलाल, चलचित्र पत्रकार संघ मकवानपुरका अध्यक्ष मणिराज गौतम, सचिव श्रीराम अर्जुन, तामाङ पत्रकार संघ मकवानपुर अध्यक्ष चन्द्र घलान, न्यूज क्लब नेपालका अध्यक्ष धर्मेन्द्र दाहाल लगायतको उपस्थिति रहेको थियो ।
यो पनि हेर्नुहोस्
यसकारण फिल्म खेल्न चाहान्नन् मिस नेपाल श्रृङ्खला खतिवडा

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

पल र आँचलको प्रेमयुद्ध

अशोक दर्जीको खतरा कमेडी भिडियो

स्वस्तिमा र सेड्रिनामा को राम्री ?

दुबईमा अशोक दर्जीलाई देखेपछि दर्शकहरु खुशीले भुतुक्कै
‘घ्रान’ : परम्परागत तामाङ चलचित्रमा टर्निङ प्वाईन्ट (भिडियो सहितको समिक्षा)
वडा अध्यक्षको नमूना फुलबारी
निर्मला पन्त सामुहिक बलात्कारको शिकार भएको खुलासा (हेर्नुहोस् भिडियो)

अशोक दर्जीको खतरा फ्यान (भिडियो सहित)

हेटौँडेली युवाहरुको नयाँ सर्ट मूभि ‘वास्तब’ रिलिज (हेर्नुहोस् भिडियो)

हेटौँडामा खुकुरी हानाहान हुँदाको लाईभ भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*