हेटौँडामा ट्रकले मोटरसाईकल र अटोलाई किच्दा २ को मृत्यू, स्थानीयद्वारा सडक जाम

२ मंसिर २०७५, आईतवार ०८:४२

मकवानपुर, २ मंसिर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं ९ पशुपतिनगर अन्तर्गत गुम्बा चोक नजिकै आइतबार दिउँसो भएको सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ ।

वीरगन्जबाट हेटौंडातर्फ आउँदै गरेको ना ६ ख ७०१७ नंबरको ट्रक अकश्मात पल्टिएर मोटरसाइकल र अटोलाई थिचेपछि उनीहरुको मृत्यू भएको हो । ना १ ह.८९५९ नंबरको अटो र ना.४० प. ६२१ नंबरको मोटरसाइकलमा सवार २ जनाको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक हेटौंडा–४ का २० वर्षिय सुदीप घिमिरे र अटोमा सवार हेटौंडा ४ की ३५ वर्षीया गंगा चेमजोङ रहेका छन् ।

उनीहरुलाई अस्पतालमा पुर्याए लगत्तै डाक्टहरुले मृत घोषणा गरेका थिए । ट्रकका चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ । सवारी दुर्घटनामा परी यात्रुको ज्यान गएपछि अहिले पूर्वपश्चिम राजमार्गको पशुपतिनगरमा स्थानीयहरुले सडक अवरोध गरेका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*