मकवानपुरको मनहरीमा यसरी फेला पर्यो ९६ ईन्चको गोही

२८ कार्तिक २०७५, बुधबार १४:४९

जयराम मोक्तान/मकवानपुर, २८ कात्तिक । पश्चिम मकवानपुरको मनहरी गाउँपालिका अन्तरगत पर्ने मनहरी खोलाबाट बुधबार घडियाल गोहीको उद्वार गरिएको छ । पर्सा राष्ट्रिय निकुञ्ज मध्यवर्ति क्षेत्र अन्तर्गत मनहरी ७ रमौलीको ड्यामबाट एउटा गोहीलाई उद्वार गरिएको हो ।

मंगलबार स्थानीय उपभोक्ताहरुले गोही घाईते अबस्थामा खोलाको किनारामा देख्ने बित्तिकै पर्सा राष्ट्रिय निकुञ्ज मध्यवर्ति व्यवस्थापन समिति मनहरीमा खबर गरेका थिए । उद्वारको क्रममा गोही माछा मार्ने तिहारी जालमा बेरिएर घाईते अवस्थामा फेला परेको पर्सा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र मनहरी उपभोक्ता समितिका अध्यक्ष पदमबहादुर तितुङले जानकारी दिए । जालमा बेरिएकाले गोहीको १३ वटा दाँत भाँचेको र आहार खाना नपाएर भोकले सामान्य भन्दा फरक स्वास्थ्य स्थिति रहेको समेत अध्यक्ष तितुङले बताए ।

पर्सा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र मनहरी उपभोक्ता समिति , तारादल गण प्रतापपुर पोष्ट ,पर्सा राष्ट्रिय निकुञ्ज प्रतापपुर पोष्ट र उपभोक्ताहरुको संयुक्त प्रयासमा गोहीको उद्वार गरी राप्ती खोलामा छाडिएको छ । गोही ९६ ईन्च लामो र अन्दाजी २५ केजी रहेको रहेको बताइएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*