हेटौँडाको कुष्माण्ड सरोवरमा हेडम्बा नगरी परिचय भवन निर्माण सुरु

२६ कार्तिक २०७५, सोमबार १०:२९

मकवानपुर, २६ कात्तिक । मकवानपुरको हेटौँडा ९ मा रहेको कुष्माण्ड सरोबर त्रिबेणी धाममा हेडम्बा नगरी परिचय भवन निर्माण सुरु भएको छ । ३ नं. प्रदेश सरकारको आर्थिक सहयोगमा सो भवन निर्माण गर्न लागिएको हो ।

हेटौँडालाई परिचित गराउने विभिन्न धार्मिक, साँस्कृतिक प्राकृतिक तथा पर्यटकीय क्षेत्रहरूको अवलोकन सोही स्थानमा गराउने उद्देश्यसहित सो भवन निर्माण गर्न लागिएको त्रिबेणी धाम विकास समितिका अध्यक्ष ईश्वरीप्रसाद न्यौपानेले जानकारी दिए । सो भवन सिसाको निर्माण गर्न लागिएको र त्यहाँ कुष्माण्ड भगवतीले गरेको तपस्या तथा पाँच पाण्डव र हेडम्बासँग जोडिएका पौराणिक विषयवस्तुको मूर्तिहरू पनि राखिने अध्यक्ष न्यौपानेले जानकारी दिए ।

भवन निर्माणका लागि ४४ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । प्रदेश सरकारले ३० लाख रुपियाँ दिएकाले बाँकी रकमका लागि दाताहरूको खोजी गरिरहेको उनले बताए । सोही स्थानमा पार्कको पनि निर्माण भइरहेकोले सहयोग रकमका लागि सबैसँग अपेक्षा गरिएको समितिले जनाएको छ । यसैबिच कुष्माण्ड नवमी मेलाको तयारी भइरहेको छ । आगामी मंसिर १ गते पर्ने कुष्माण्ड नवमी मेलाका लागि मन्दिर रंगरोगन तथा सजावटको काम भइरहेको उनले बताए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*