कृषि मन्त्री लामा भन्छन्–‘मकवानपुरमा कृषि क्षेत्रमा हालसम्म नभएको काम गर्छु’

२६ कार्तिक २०७५, सोमबार १०:१७

मकवानपुर, २६ कात्तिक । प्रदेश नम्बर ३ का भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले मकवानपुर जिल्लाको कृषि क्षेत्रमा हालसम्मै नभएको काम गरेर देखाउने बताएका छन् । नेपाल कृषि प्रधान देश र मकवानपुरका विभिन्न क्षेत्र कृषिमुलक उत्पादन गर्न उपयुक्त भएको बताउँदै लामाले यस्तो दावी गरेका हुन् ।

जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड हेटौँडाको सोमबार १३ औँ वार्षिक साधारण सभालाई हेटौँडामा सम्बोधन गर्दै उनले यस्तो दावी गरेका हुन् । उनले हाल देशमा तरकारीबाटै मानिसमा विभिन्न किसिमको रोग लाग्ने भएकोले अब केही दिनभित्रै मकवानपुरका तरकारी बजारमा विषादी परिक्षण मेसिन राख्ने तयारी गरिएको जानकारी दिए । मन्त्री लामाले देशका अधिकांश युवाहरु विदेशिएकाले युवाहरुलाई स्वदेशमै फर्की उत्पादनमुलक काम गर्न आव्हान पनि गरेका छन् ।

कार्यक्रमकाबीच जिल्लाभर उत्कृष्ठ सहकारी तथा व्यक्ति गरी १५ जनालाई सम्मान गरिएको थियो । सहकारीका जिल्ला अध्यक्ष राधा सिन्तानको अध्यक्षतामा भएको साधारण सभामा सहकारीका पूर्व अध्यक्ष बद्री लम्साल, सचिव कल्पना श्रेष्ठ लगायतको उपस्थिति थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*