राजु तामाङ र विद्या तिवारीलाई अर्को सफलता, विवेक, स्वेच्छा, सप्तक र बर्तालाई यसरी गरौँ भोट

२४ कार्तिक २०७५, शनिबार १८:११

चन्द्र घलान/मकवानपुर, २४ कात्तिक । चर्चित सिङ्गीङ रियालिटी शो ‘द भ्वाईस अफ नेपाल’ को शनिबार भएको लाईभ राउण्ड मार्फत टिम दिपबाट राजु तामाङ र टिम सनुपबाट पूनः एकपटक विद्या तिवारी सेभ भएका छन् । कोच सनुपले विद्याले दोस्रो पटक लाईभ राउण्डमा सेभ गरेका हुन् ।

शनिबार कोच दिप श्रेष्ठ र कोच सनुप पौडेलको टिमबाट ३–३ जनाले गरी ६ जना प्रतियोगीले प्रस्तुति दिएका थिए । कोच दिपको तर्फबाट लाईभमा उत्रिएका विवेक परियार र स्वेच्छा ठकुरी तथा टिम सनुपको तर्फबाट सप्तक दुतराज र बर्ता गन्दर्भलाई भोटिङका लागि पठाइएको छ । साथै गत आईतबार भएको भोटको आधारमा टिम सनुपबाट शैलेश्वरी सिंह ‘शैलु’ र सन्तोष राना मगर सेफ भएका छन् । त्यस्तै टिम प्रमोदबाट सुरज तामाङ र सुरेखा क्षेत्री सेफ भएका छन् । साथै टिम सनुपबाट निशान्त दाहाल र टिम प्रमोदबाट योगेन्द्र उपाध्याय बाहिरिएका छन् । आजको शोबाट प्रतियोगिता टप २४ मा प्रवेश गरेको छ ।

कसरी गर्ने भोट ?
शनिबार लाईभमा प्रस्तुति दिएर सेभ भएका राजु र विद्या बाहेक अन्य ४ जनालाई तपाईले नेपाल बाहिर र नेपालबाटै उनीहरुको कोड प्रयोग गरी विभिन्न माध्यमबाट भोट गर्न सक्नुहुन्छ । आईतबार दिउँसो मध्यान्ह १२ बजेसम्म प्राप्त भोटको आधारमा निर्णय हुनेछ । विवेक परियारलाई भोट गर्नका लागि नेपाल टेलिकम र एनसेल प्रयोगकर्ताहरुले उनको भोटिङ कोड ०८ टाइप गरी ३७००० मा भोट गर्न सकिनेछ । साथै ल्याण्ड लाईन वा मोबाईलबाट १६६६७७०८ मा कल गरेर समेत भोट गर्न सकिनेछ । त्यस्तै भारतबाट समेत उनको कोड नम्बर ०८ टाईप गरी ५३०१० मा म्यासेज गर्न सकिने बताइएको छ । भ्वाईस अफ नेपालको अफिसियल एप्लीकेसन मार्फत विदेशबाट समेत भोट गर्न सकिने छ ।

प्रस्तुति दिँदै विवेक परियार, तस्बिर–भ्वाईस अफ नेपाल Murchunga TV

त्यस्तै स्वेच्छा ठकुरीलाई भोट गर्नका लागि नेपाल टेलिकम र एनसेल प्रयोगकर्ताहरुले उनको भोटिङ कोड ३० टाइप गरी ३७००० मा भोट गर्न सकिनेछ । साथै ल्याण्ड लाईन वा मोबाईलबाट १६६६७७३० मा कल गरेर समेत भोट गर्न सकिनेछ । त्यस्तै भारतबाट समेत उनको कोड नम्बर ३० टाईप गरी ५३०१० मा म्यासेज गर्न सकिने बताइएको छ । भ्वाईस अफ नेपालको अफिसियल एप्लीकेसन मार्फत विदेशबाट समेत भोट गर्न सकिने छ ।

स्वेच्छा ठकुरी, तस्बिर–भ्वाईस अफ नेपाल, Murchunga TV

त्यस्तै सप्तक दुतराजलाई भोट गर्नका लागि नेपाल टेलिकम र एनसेल प्रयोगकर्ताहरुले उनको भोटिङ कोड २३ टाइप गरी ३७००० मा भोट गर्न सकिनेछ । साथै ल्याण्ड लाईन वा मोबाईलबाट १६६६७७२३ मा कल गरेर समेत भोट गर्न सकिनेछ । त्यस्तै भारतबाट समेत उनको कोड नम्बर २३ टाईप गरी ५३०१० मा म्यासेज गर्न सकिने बताइएको छ । भ्वाईस अफ नेपालको अफिसियल एप्लीकेसन मार्फत विदेशबाट समेत भोट गर्न सकिने छ ।

सप्तक दुतराज, तस्बिर–भ्वाईस अफ नेपाल, www.murchungatv.com

त्यस्तै बर्ता गन्दर्भलाई भोट गर्नका लागि नेपाल टेलिकम र एनसेल प्रयोगकर्ताहरुले उनको भोटिङ कोड ०६ टाइप गरी ३७००० मा भोट गर्न सकिनेछ । साथै ल्याण्ड लाईन वा मोबाईलबाट १६६६७७०६ मा कल गरेर समेत भोट गर्न सकिनेछ । त्यस्तै भारतबाट समेत उनको कोड नम्बर ०६ टाईप गरी ५३०१० मा म्यासेज गर्न सकिने बताइएको छ । भ्वाईस अफ नेपालको अफिसियल एप्लीकेसन मार्फत विदेशबाट समेत भोट गर्न सकिने छ ।

प्रस्तुति दिँदै बर्ता गन्धर्व, तस्बिर–भ्वाईस अफ नेपाल, www.murchungatv.com

यो पनि पढ्नुहोस्, हेर्नुहोस्–

द भ्वाईस अफ नेपालमा रीत राना मगरलाई अर्को सफलता, एनी र अनु सेभ

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

पल र आँचलको प्रेमयुद्ध

अशोक दर्जीको खतरा कमेडी भिडियो

स्वस्तिमा र सेड्रिनामा को राम्री ?

दुबईमा अशोक दर्जीलाई देखेपछि दर्शकहरु खुशीले भुतुक्कै


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*