विवेक वाईबा लामाले द भ्वाईस अफ नेपाल लाईभ राउण्डमा यसरी स्टेज तताए

१७ कार्तिक २०७५, शनिबार १७:३८

हेटौँडा, १७ कात्तिक । चर्चित पर्फोमरका रुपमा परिचित विवेक वाईबाले चर्चित सिङ्गीङ रियालिटी शो ‘भ्वाइस अफ नेपाल’ को लाईभ राउण्डमा स्टेज तताएका छन् । सबिन राईको ‘कोमल त्यो तिम्रो’ बोलको गीत गाएका उनले गीतमा नयाँ आयाम समेत थपिदिए । कोचहरुबाट राम्रो प्रतिक्रिया पाएका विवेकलाई शनिबार राति ९ बजेपछि कात्तिक १८ गते आईतबार दिउँसो मध्यान्ह १२ बजेसम्म भोट गर्न मिल्ने छ ।

शनिबार लाईभमा प्रस्तुति दिएका विवेकलाई भोट गर्नका लागि नेपाल टेलिकम र एनसेल प्रयोगकर्ताहरुले उनको भोटिङ कोड ०९ टाइप गरी ३७००० मा भोट गर्न सकिनेछ ।

त्यस्तै ल्याण्ड लाईन वा मोबाईलबाट १६६६७७०९ मा कल गरेर समेत भोट गर्न सकिनेछ । त्यस्तै भारतबाट समेत उनको कोड नम्बर ०९ टाईप गरी ५३०१० मा म्यासेज गर्न सकिने बताइएको छ । भ्वाईस अफ नेपालको अफिसियल एप्लीकेसन मार्फत विदेशबाट समेत भोट गर्न सकिने छ ।
उनको प्रस्तुति हेर्न यहाँ क्लिक गर्नुहोस्

आज शनिबार भएको रिजल्टसँगै प्रतियोगिताका हरेक कोचसँग ३–३ जना प्रतियोगि सेफ भइसकेका छन् । शनिबार कोच दिप र अभायाका ४–४ जनाले प्रस्ुतति दिएका छन् । जसमध्ये कोच दिपले एनी श्रेष्ठलाई सेभ गरेका छन् । त्यस्तै कोच अभायाले अनु शाक्यलाई सेभ गरेका छन् । शनिबार लाईभमा प्रस्तुति दिएका अन्यलाई भने भोट गर्न सकिने भएको छ ।

यो पनि पढ्नुहोस्, हेर्नुहोस्–

द भ्वाईस अफ नेपालमा रीत राना मगरलाई अर्को सफलता, एनी र अनु सेभ

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

पल र आँचलको प्रेमयुद्ध

अशोक दर्जीको खतरा कमेडी भिडियो

स्वस्तिमा र सेड्रिनामा को राम्री ?

दुबईमा अशोक दर्जीलाई देखेपछि दर्शकहरु खुशीले भुतुक्कै


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*