द भ्वाईस अफ नेपालमा रीत राना मगरलाई अर्को सफलता, एनी र अनु सेभ

१७ कार्तिक २०७५, शनिबार १७:००

हेटौँडा, १७ कात्तिक । चर्चित सिङ्गीङ रियालिटी शो ‘भ्वाइस अफ नेपाल’ को लाईभ राउण्डमा गएको आईतबार प्रस्तुति दिएकी रकिङ स्टार रीत राना मगर सेफ भएका छन् । गत आईतबार राति ९ बजेदेखि सोमबार दिउँसो मध्यान्ह १२ बजेसम्म श्रोता दर्शकले गरेको भोटको आधारमा उनी सेफ भएकी हुन् ।

आज शनिबार भएको रिजल्टसँगै प्रतियोगिताका हरेक कोचसँग ३–३ जना प्रतियोगि सेफ भइसकेका छन् । शनिबार कोच दिप र अभायाका ४–४ जनाले प्रस्तुति दिएका छन् । जसमध्ये कोच दिपले एनी श्रेष्ठलाई सेभ गरेका छन् । त्यस्तै कोच अभायाले अनु शाक्यलाई सेभ गरेका छन् । शनिबार लाईभमा प्रस्तुति दिएका अन्यलाई भने भोट गर्न सकिने भएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*