
रेडियो भरोसाले हेटौँडामा भोकल टेष्ट प्रतियोगिता गर्ने

हेटौँडा, १५ कात्तिक । पछिल्लो पटक हेटौँडामा स्थापित रेडियो भरोसा १०५.२ मेगाहर्जले भोकल टेष्ट प्रतियोगिता आयोजना गर्ने भएको छ । फ्रिक्वेन्सी मार्फत परिक्षण प्रसारणमा आएको केही समयमा नै रेडियोले तारा सितारा प्रोडक्सन हाउससँगको सहकार्यमा प्रतियोगिता गर्न थालेको हो ।
हेटौँडामा आयोजना हुने प्रतियोगिताको लागि फारम वितरण समेत थालिएको रेडियो भरोसाका स्टेसन संयोजक सशान्त तामाङले जानकारी दिए । भोकल टेष्टमा सहभागीमध्ये उत्कृष्ट हुने आवाजलाई तारा सितारा प्रोडक्सन हाउसको नयाँ एल्बममा गीत गाउने अवसर दिईने बताइएको छ ।
गायन क्षेत्रमा नाम बनाउन चाहानेले प्रतियोगितामा सहभागी हुन सक्ने बताइएको छ । फर्म शुल्क एक हजार रुपैयाँ तय गरिएको बताउँदै रेडियो भरोसाको कार्यालय भैरवरोड जिएस चोकबाट फर्म लिन सकिने तामाङले बताए ।
यो पनि हेर्नुहोस्–
वडा अध्यक्षको नमूना फुलबारी
निर्मला पन्त सामुहिक बलात्कारको शिकार भएको खुलासा (हेर्नुहोस् भिडियो)
अशोक दर्जीको खतरा फ्यान (भिडियो सहित)
हेटौँडेली युवाहरुको नयाँ सर्ट मूभि ‘वास्तब’ रिलिज (हेर्नुहोस् भिडियो)
छाती पिटेर श्रीमती रोइरहँदा मरेको लास किन बोलेन ?
हेटौँडामा खुकुरी हानाहान हुँदाको लाईभ भिडियो
दुबईमा अशोक दर्जीको पेट दुख्ने कमेडी
स्वतिस्तमा र सेड्रिनामा को राम्री ?