श्रेया राई र शुशिल गर्तौला लाईभ राउण्डबाट सेभ

१२ कार्तिक २०७५, सोमबार ०४:३०

हेटौँडा, १२ कात्तिक । चर्चित सिङ्गीङ रियालिटी शो ‘भ्वाइस अफ नेपाल’ को शनिबारबाट सुरु भएको लाईभ राउण्ड अन्तर्गत आईतबार भएको राउण्डबाट श्रेया राई र शुशिल गर्तौला सेभ भएका छन् ।

टिम अभायामा रहेकी श्रेया र टिम प्रमोदमा रहेका शुशिललाई कोचहरुले सेभ गरेका छन् । उनीहरु बाहेक ६ जना भने भोटिङका लागि पठाइएको छ । राति ९ बजे प्रस्तुति सुरु भएपछि सोमबार दिउँसो मध्यान्ह १२ बजेसम्म भएको भोटका आधारमा उनीहरु सेभ हुने वा नहुने निश्चित हुनेछ ।
यो पनि पढ्नुहोस्–

मिठो स्वरकी धनी रीत राना मगरलाई द भ्वाईस अफ नेपालमा यसरी गर्नुहोस् भोट
राजु तामाङ लाईभ राउण्डबाट सेभ
भ्वाईस अफ नेपालका प्रतिस्पर्धीलाई एसएमएस मार्फत नेपाल र भारतबाट तथा फोन र अफिसियल एप्लीकेसन मार्फत विदेशबाट समेत भोट गर्न सकिने छ । आईतबार टिम अभाया र टिम प्रमोदबाट गरी गरी ८ जनाले प्रस्तुति दिएका थिए ।

प्रत्येक कोचसँग ४ जनामध्ये १ जनालाई भोट नगरी सिधै अर्को राउण्डमा लान सक्ने अधिकार भएको हुँदा ४ जना मध्ये ३ जनालाई मात्र भोट गर्नुपर्ने अवस्था छ ।
हेर्नुहोस् श्रेया राईको प्रस्तुति

हेर्नुहोस् शुशिल गर्तौलाको प्रस्तुति–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*