राजु तामाङ लाईभ राउण्डबाट सेभ

११ कार्तिक २०७५, आईतवार १६:१५

हेटौँडा, ११ कात्तिक । चर्चित सिङ्गीङ रियालिटी शो ‘भ्वाइस अफ नेपाल’ को शनिबारबाट सुरु भएको लाईभ राउण्डमा टिम दिपमा रहेका राजु तामाङ लाईभ राउण्डबाट भोटि मार्फत सुरक्षित भएका छन् । शनिबार राति ९ बजे प्रस्तुति सुरु भएपछि आईतबार दिउँसो मध्यान्ह १२ बजेसम्म भएको भोटका आधारमा उनी सेभ भएका हुन् ।

भ्वाईस अफ नेपालका प्रतिस्पर्धीलाई एसएमएस मार्फत नेपाल र भारतबाट तथा फोन र अफिसियल एप्लीकेसन मार्फत विदेशबाट समेत भोट गर्न सकिने छ । शनिबार टिम सनुप र टिम दिपबाट गरी ८ जनाले प्रस्तुति दिएका थिए । आईतबार टिम प्रमोद र टिम अभयाबाट ४–४ जना गरी ८ जनाले प्रस्तुति दिँदैछन् ।

प्रत्येक कोचसँग ४ जनामध्ये १ जनालाई भोट नगरी सिधै अर्को राउण्डमा लान सक्ने अधिकार भएको हुँदा ४ जना मध्ये ३ जनालाई मात्र भोट गर्नुपर्ने अवस्था छ । शनिबार भएको लाईभ राउण्डमा कोच सनुप पौडेलले विद्या तिवारीलाई र कोच दिपले विवेक परियारलाई सेभ गरेका थिए । शनिबार दिएको प्रस्तुतिका आधारमा टिम सनुपबाट सुनन्दा ढकाल र टिम दिपबाट दिनेश न्यौपाने बाहिरिएका छन् । त्यस्तै सप्तक दुधराज, राजु तामाङ, स्वेच्छा तिवारी र वर्ता गन्दर्भ सेभ भएका छन् ।
यो पनि पढ्नुहोस्–
मिठो स्वरकी धनी रीत राना मगरलाई द भ्वाईस अफ नेपालमा यसरी गर्नुहोस् भोट
राजु तामाङलाई द भ्वाईस अफ नेपाल लाईभमा यसरी गर्नुहोस् भोट
द भ्वाईस अफ नेपाल लाईभ–मकवानपुरकी विद्यालाई यसरी गर्नुहोस् भोट


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*