मिठो स्वरकी धनी रीत राना मगरलाई द भ्वाईस अफ नेपालमा यसरी गर्नुहोस् भोट

११ कार्तिक २०७५, आईतवार १५:५५

हेटौँडा, ११ कात्तिक । चर्चित सिङ्गीङ रियालिटी शो ‘भ्वाइस अफ नेपाल’ को लाईभ राउण्ड शनिबारबाट सुरु भइसकेको छ । लाईभ राउण्डमा आईतबार प्रस्तुति दिएका प्रतियोगिहरुलाई आईतबार राति ९ बजेपछि सोमबार दिउँसो मध्यान्ह १२ बजेसम्म भोट गर्न मिल्ने छ ।

आईतबार लाईभमा प्रस्तुति दिने मिठो स्वरकी धनी रीत राना मगरलाई लाईभ राउण्डबाट भोट गर्न पाईने भएको छ । रितलाई भोट गर्नका लागि नेपाल टेलिकम र एनसेल प्रयोगकर्ताहरुले उनको भोटिङ कोड १९ टाइप गरी ३७००० मा भोट गर्न सकिनेछ ।

त्यस्तै ल्याण्ड लाईन वा मोबाईलबाट १६६६७७१९ मा कल गरेर समेत भोट गर्न सकिनेछ । त्यस्तै भारतबाट समेत उनको कोड नम्बर १९ टाईप गरी ५३०१० मा म्यासेज गर्न सकिने बताइएको छ । भ्वाईस अफ नेपालको अफिसियल एप्लीकेसन मार्फत विदेशबाट समेत भोट गर्न सकिने छ । आईतबार टिम प्रमोद र टिम अभायाबाट ४–४ जना गरी ८ जनाले प्रस्तुति दिईरहेका छन् ।

तर प्रत्येक कोचसँग ४ जनामध्ये १ जनालाई भोट नगरी सिधै अर्को राउण्डमा लान सक्ने अधिकार भएको हुँदा ४ जना मध्ये ३ जनालाई मात्र भोट गर्नुपर्ने बताइएको छ ।
यो पनि पढ्नुहोस्–
राजु तामाङलाई द भ्वाईस अफ नेपाल लाईभमा यसरी गर्नुहोस् भोट
द भ्वाईस अफ नेपाल लाईभ–मकवानपुरकी विद्यालाई यसरी गर्नुहोस् भोट


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*