चितवनबाट हेटौँडातर्फ आएकी सजना बाटोमै गायब

११ कार्तिक २०७५, आईतवार १५:०२

मकवानपुर, ११ कार्तिक । चितवनबाट आफ्नो माईती घर मकवानपुरतर्फ आउँदै गरेकी २० वर्षीया सजना धिताल बाटोबाटै गायब भएकी छिन् । चितवनको रत्ननगर नगरपालिका वडा नम्बर १३ आदर्श नगर बस्ने दिवश घिमिेरकी श्रीमती सजना शनिबार बिहान ८ बजेको समयमा माईतीघर आउँछु भनेकी घरबाट हिँडे पनि माईतीघरमा नआई पुगेकी हुन् ।

मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १६ हटिया त्रिसुले माईती घर आउँछु भनी हिँडेनकी सजना हराएकी हुन् । गहुँगोरो वर्ण, मझौला शरिर, अन्दाजी ४ फिट १० ईन्च उचाई भएकी सजना कालो ज्याकेट, कमब्याक्ट टी–सर्ट, निलो जिन्स पाईण्ट र हातमा घडी लगाएकी अवस्थामा गायब भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उनी शनिबार बिहान गाडी चढी हिँडेकोमा हालसम्म घर परिवारको सम्पर्कमा नआएको प्रहरीले जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*