राजु तामाङलाई द भ्वाईस अफ नेपाल लाईभमा यसरी गर्नुहोस् भोट

१० कार्तिक २०७५, शनिबार १५:३६

हेटौँडा, १० कात्तिक । चर्चित सिङ्गीङ रियालिटी शो ‘भ्वाइस अफ नेपाल’ को लाईभ राउण्ड आज शनिबारबाट सुरु भएको छ । लाईभ राउण्डमा प्रस्तुति दिएका प्रतियोगिहरुलाई शनिबार राति ९ बजे प्रस्तुति सुरु भएपछि आईतबार दिउँसो मध्यान्ह १२ बजेसम्म भोट गर्न मिल्ने बताइएको छ ।

शनिबार लाईभमा प्रस्तुति दिने मिठो स्वरका धनी राजु तामाङलाई लाईभ राउण्डबाट भोट गर्न पाईने भएको छ । राजुलाई भोट गर्नका लागि नेपाल टेलिकम र एनसेल प्रयोगकर्ताहरुले उनको भोटिङ कोड १८ टाइप गरी ३७००० मा भोट गर्न सकिनेछ ।

त्यस्तै ल्याण्ड लाईन वा मोबाईलबाट १६६६७७१८ मा कल गरेर समेत भोट गर्न सकिनेछ । त्यस्तै भारतबाट समेत उनको कोड नम्बर १८ टाईप गरी ५३०१० मा म्यासेज गर्न सकिने बताइएको छ । भ्वाईस अफ नेपालको अफिसियल एप्लीकेसन मार्फत विदेशबाट समेत भोट गर्न सकिने छ । शनिबार टिम सनुप र टिम दिपबाट गरी ८ जनाले प्रस्तुति दिनेछन् ।

तर प्रत्येक कोचसँग ४ जनामध्ये १ जनालाई भोट नगरी सिधै अर्को राउण्डमा लान सक्ने अधिकार भएको हुँदा ४ जना मध्ये ३ जनालाई मात्र भोट गर्नुपर्ने बताइएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*