द भ्वाईस अफ नेपाल लाईभ–मकवानपुरकी विद्यालाई यसरी गर्नुहोस् भोट

१० कार्तिक २०७५, शनिबार १५:०७

हेटौँडा, १० कात्तिक । चर्चित सिङ्गीङ रियालिटी शो ‘भ्वाइस अफ नेपाल’ को लाईभ राउण्ड शनिबारबाट सुरु हुँदैछ । लाईभ राउण्डमा प्रस्तुति दिएका प्रतियोगिहरुलाई शनिबार राति ९ बजे प्रस्तुति सुरु भएपछि आईतबार दिउँसो मध्यान्ह १२ बजेसम्म भोट गर्न मिल्ने बताइएको छ ।

यसअघि नेपाल आईडलमा समेत चर्चा कमाउन सफल मकवानपुरकी गायिका विद्या तिवारीलाई समेत शनिबारकै लाईभ राउण्डबाट भोट गर्न पाईने भएको छ । विद्यालाई भोट गर्नका लागि नेपाल टेलिकम र एनसेल प्रयोगकर्ताहरुले उनको भोटिङ कोड १० टाइप गरी ३७००० मा भोट गर्न सकिनेछ ।

त्यस्तै ल्याण्ड लाईन वा मोबाईलबाट १६६६७७१० मा कल गरेर समेत भोट गर्न सकिनेछ । त्यस्तै भारतबाट समेत उनको कोड नम्बर १० टाईप गरी ५३०१० मा म्यासेज गर्न सकिने बताइएको छ । साथै भ्वाईस अफ नेपालको अफिसियल एप्लीकेसन मार्फत विदेशबाट समेत भोट गर्न सकिने छ । शनिबार टिम सनुप र टिम दिपबाट गरी ८ जनाले प्रस्तुति दिनेछन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*