टासी फुन्चोक छोईलिङ्ग गुम्बामा ४ दिनको ङ्युङ्ने व्रत सकियो

७ कार्तिक २०७५, बुधबार १३:२०

मकवानपुर, ७ कात्तिक । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ८ सिमपानीमा रहेको टासी फुन्चोक छोईलिङ्ग गुम्बामा आईतबारदेखि भइरहेको ङ्युङ्ने मौन ब्रत बुधबार सकिएको छ ।

४ दिनसम्म सञ्चालित मौनमा गाउँपालिकाका विभिन्न स्थानका ब्यक्तिहरुको उपस्थिति रहेको मनहरीबाट संचारकर्मी जयराम मोक्तानले जानकारी दिएका छन् । दशैँको नाममा हजारौँ पशु तथा पंिन्छहरुको बली दिने प्रचलन ब्यापक भइरहेको बेलामा उनीहरुको आत्माले शान्ति पाओस् भन्दै कार्यक्रमको आयोजना गरिएको गुम्बा ब्यबस्थापन समितीले जनाएको छ । कार्यक्रममा बाह्रौँ औतारी बौद्ध धर्म गुरु (गोसर) टुल्कुद्वारा भक्तजनहरुलाई वाङ प्रदान गर्दै कार्यक्रमको समापन गरिएको थियो ।

यस अघि नै मनहरी गाउँपालिका ५ बसन्तपुरमा अवस्थित टासी छ्योईलिङ्ग गुम्बामा समेत ङ्युङ्ने मौन ब्रत सकिएको बसन्तपुरबाट संचारकर्मी दिलबहादुर लामाले जानकारी दिएका छन् । त्यस्तै हेटौँडा ४ कमलडाँडामा अवस्थित देछेन छ्योइलिङ्ग गुम्बामा समेत ङ्युङ्ने मौन ब्रत यही बिहीबार समापन हुँदैछ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*