मकवानपुरमा मोटरसाईकल दुर्घटना, एक जना गम्भीर घाईते

५ कार्तिक २०७५, सोमबार ०६:३८

मकवानपुर, ५ कात्तिक । मकवानपुरको भिमफेदी गाउँपालिका अन्तर्गत पर्ने खोप्लाङमा आज मोटरसाईकल र पिकअप भ्यान एकआपसमा ठोक्किएर दुर्घटना भएको छ । आज बिहान करिब साढे १० बजेको समयमा दुर्घटना भएको घटनास्थलबाट स्थानीय सुवाश लामाले जानकारी दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार खोप्लाङमा बा ७२ प ७१४८ नम्बरको सेतो बाईक र ना. ४ च. २९४२ नम्बरको पिकअप भ्यान एकआपसमा ठक्कर खाएर दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाईकलमा सवार २ जना घाईते भएका छन् । मोटरसाईकल चालक भिमफेदी गाउँपालिका वडा नम्बर १ बस्ने वर्ष २० को ढल्के गोले गम्भीर घाईते भएको प्रहरीले जनाएको छ । उनको टाउकोमा गम्भीर चोट लागेको छ । त्यस्तै मोटरसाईकलको पछाडि सवार सोही स्थानमा बस्ने वर्ष २० कै शंकर गोले समेत घाईते भएका छन् ।

घाईतेहरुलाई चुरेहिल अस्पतालमा सामान्य उपचारपश्चात भरतपुर रिफर गरिएको छ । पिक अप भ्यान काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको र मोटरसाईकल हेटौँडाबाट काठमाडौँ तर्फ जाँदै गरेको बुझिएको छ ।

यो पनि हेर्नुहोस्–
वडा अध्यक्षको नमूना फुलबारी
निर्मला पन्त सामुहिक बलात्कारको शिकार भएको खुलासा (हेर्नुहोस् भिडियो)

अशोक दर्जीको खतरा फ्यान (भिडियो सहित)

हेटौँडेली युवाहरुको नयाँ सर्ट मूभि ‘वास्तब’ रिलिज (हेर्नुहोस् भिडियो)

छाती पिटेर श्रीमती रोइरहँदा मरेको लास किन बोलेन ?

हेटौँडामा खुकुरी हानाहान हुँदाको लाईभ भिडियो

दुबईमा अशोक दर्जीको पेट दुख्ने कमेडी

पल र आँचलको प्रेम युद्ध

स्वतिस्तमा र सेड्रिनामा को राम्री ?


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*