थाहा महोत्सवमा थाहा नगरका २ दर्जन कलाकारहरुले प्रस्तुति दिने

४ कार्तिक २०७५, आईतवार १०:१७

मकवानपुर, ४ कात्तिक । यही कात्तिक १० गते देखि १८ गतेसम्म थाहा नगरपालिकामा हुने तेस्रो थाहा महोत्सवमा थाहा नगरपालिकाका करिब २ दर्जन बढी कलाकारहरुले आफ्नो कला प्रूस्तुत गर्ने भएका छन् । थाहा नगरको इन्द्रायणी चौरमा आयोजना हुने महोत्सवमा २ दर्जन कलाकारहरुको गायन, नृत्य लगायत प्रस्तुती रहने महासचिव सुरेन्द्रमान प्रधानले बताए ।

प्रधानका अनुसार महोत्सव अवधिमा प्रत्येक दिन थाहाका कलाकारहरुको प्रस्तुती रहने छ । थाहाका कलाकारहरुको संयोजन गायक रुपक उप्रेती र मुक्तिनाथ उप्रतीले गरिरहेका छन् । थाहा नगर उद्योग वाणिज्य संघको मुख्य आयोजनामा हुन लागेको महोत्सवमा मुक्तिनाथ उप्रेती, रुपचन्द्र सापकोटा, रुपक उप्रेती, सुशान्त गोपाली, विनिता गोपाली, जानुका अधिकारी, देवन्त गोपाली, प्रतिक गोपाली, रवि. आर. एस. लगायत गायक गायिकाहरुको प्रस्तुती रहने पक्कापक्की भैसकेको छ । थाहाबाट आफ्नो ‘करिअर’ शुरु गरेका अन्य गायक–गायिकाहरु पनि सम्पर्कमा आइरहेको संयोजक रुपक उप्रेतीले बताए ।

महोत्सवमा थाहाका कलाकारहरुको प्रस्तुतीको सम्बन्धमा छलफल गर्न आइतबार थाहा नगर उद्योग वाणिज्य संघको हलमा छलफल भएको थियो । छलफलमा कलाकारहरु, टिचर्स व्याण्ड, स्ट्रङ सोउल डान्स क्र्यू लगायत सहभागी थिए । महोत्सवमा थाहा कला केन्द्र, नव क्षितिज कला केन्द्र, रुप्सेली गाइज, स्ट्रङ सोउल डान्स क्र्यू, टिचर्स व्याण्ड, नेप्से कल्चर लगायतको प्रस्तुती रहने छ ।

काठमाण्डौैं र बाहिरबाट आउने कलाकारहरुको समयसँग नजुधाई थाहाका कलाकारहरुको प्रस्तुती समय मिलाइने आयोजकले बताएको छ । थाहाका कलाकारहरुको प्रस्तुती उजागर गर्न, उनीहरुलाई अन्य राष्ट्रिय कलाकारहरुसँग घनिष्ठ बनाउन र कलाकारहरुमार्फत् पर्यटन प्रवर्धनमा टेवा पु¥याउन हरेक दिन दर्जनौं कलाकारहरुलाई प्रस्तुतीका लागि उतार्न लागिएको महासचिब प्रधानले बताए ।
यो पनि हेर्नुहोस्–
वडा अध्यक्षको नमूना फुलबारी
निर्मला पन्त सामुहिक बलात्कारको शिकार भएको खुलासा (हेर्नुहोस् भिडियो)

अशोक दर्जीको खतरा फ्यान (भिडियो सहित)

हेटौँडेली युवाहरुको नयाँ सर्ट मूभि ‘वास्तब’ रिलिज (हेर्नुहोस् भिडियो)

छाती पिटेर श्रीमती रोइरहँदा मरेको लास किन बोलेन ?

हेटौँडामा खुकुरी हानाहान हुँदाको लाईभ भिडियो

दुबईमा अशोक दर्जीको पेट दुख्ने कमेडी

पल र आँचलको प्रेम युद्ध

स्वतिस्तमा र सेड्रिनामा को राम्री ?


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*