लामिटार कप फुटबल प्रतियोगिताको उपाधि आयोजकको पोल्टामा

३१ आश्विन २०७५, बुधबार ०२:५१

मकवानपुर, ३१ असोज । मकवानपुरको मनहरी गाउँपालिका ३ हाँडीखोलामा सञ्चालन भएको प्रथम लामिटार कप फुटबल प्रतियोगिता २०७५ को उपाधि आयोजक लामिटार यूथ क्लबले हात पारेको छ ।

मंगलबार भएको फाइनल भिडन्तमा सुनाचुरीको सयपत्री युवा क्लबलाई टाइब्रेकरमा ५ का विरुद्ध ३ गोल अन्तरले हराउँदै आयोजकले उपाधि जितेको हो । निर्धारित ९० मिनेटको समय खेल दुई दुई गोलको बराबरीमा टुङ्गिएपछी खेल टाइब्रेकरमा धकेलिएको थियो । लामिटारका पाँचै जना खेलाडीको प्रहार गोलमा परिणत हुँदा सुनाचुरीका एक खेलाडीको प्रहार लामिटारका गोलरक्षक इश्वर रिजालले रोकेका थिए ।

आयोजक लामिटारले प्रथम लामिटार कपको उपाधिसहित नगद ५० हजार रुपैयाँ हात पारको छ । त्यस्तै उपविजेता सुनाचुरीले २५ हजार प्राप्त गरेको छ । प्रतियोगिताको उत्कृष्ट गोलरक्षक लामिटारका इश्वर रिजाल, उत्कृष्ट डिफेन्डर सुनाचुरीका उत्तम श्रेष्ठ बेष्ट मिडफल्डर लामिटारकै अबिनाश राई र बेष्ट फरवार्ड लामिटारकै टिम क्याप्टेन सुमन राई घोषित भए । बेष्ट खेलाडीहरुलाई ट्रफीसहित नगद २ हजार ५ सय रुपैयाँ प्रदान गरिएको थियो । बिजयी तथा उत्कृष्ट खेलाडीलाई ३ नम्बर प्रदेशका प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँ, मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती, क्लव अध्यक्ष गणेशदर्पण अधिकारीलगायतले ट्रफी, नगद, मेडल र प्रमाणपत्र प्रदान गरेका हुन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*