
वडा अध्यक्ष घलानको नमूना फुलबारीको चर्चा यसरी चुलियो (भिडियो)

मकवानपुर, ३० असोज । ‘राजनीतिमा लागेका व्यक्तिको हरेक दृष्टिकोण राजनीति गर्नमै केन्द्रित हुनेगर्छ, यो आम नेपालीको सोच हो । तर केही यस्ता नेताहरु छन् जो आफुलाई राजनीतिभन्दा परको जीन्दगीमा समेत अब्बल सावित गर्न सक्छन् र वास्तविक रुपमा समाजको आदर्शवान व्यक्तित्व बन्न सफल हुन्छन् ।
ललित घलान, मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष हुन् । विद्यार्थी राजनीतिबाट समाज विकासका लागि अग्रसर भएका घलानले वडा नम्बर १२ हात्तिगौँडा पदमपोखरीमा पुष्पखेती गरेर फरक उदाहरण पेश गरेका छन् । हेटौँडामा नै पहिलो पटक व्यवसायिक रुपमा पुष्पखेती गरेका घलानले ७ कठ्ठा जग्गामा पुष्पखेती गरेका छन् । मकवानपुरसहित विभिन्न स्थानमा हुने कार्यक्रमका लागि माला उपलब्ध गराईरहेका घलानले स्थानीय स्तरमै बजार जमाएका छन् । दैनिक १ सय ५० वटा र सो भन्दा बढी माला वितरण गर्दै आएका घलानले ८० देखि १ सय रुपैयाँसम्ममा एउटा माला बिक्री गर्दै आएका छन् । एक महिनामा करिब एक लाखको पुष्पमाला बिक्री गर्न सफल घलानले पुष्पखेतीमा श्रीमती ललितासहित सिंगो परिवारको साथ पाएका छन् ।
काठमाडौँमा अवस्थित नर्सरीबाट १० हजार बिउ तयार पारी उनले पुष्प खेती सुरु गरेका हुन् । समाज विकासका लागि सक्रिय वडा अध्यक्षको छवि निर्माण गर्न सफल घलानले पुष्पखेती गरेर वैदेशिक रोजगारका लागि प्रवाश पुगेका युवाहरुलाई समेत एउटा आसा जगाई दिएका छन् । हेर्नुहोस् भिडियो–
यो पनि हेर्नुहोस्–
निर्मला पन्त सामुहिक बलात्कारको शिकार भएको खुलासा (हेर्नुहोस् भिडियो)
अशोक दर्जीको खतरा फ्यान (भिडियो सहित)
हेटौँडेली युवाहरुको नयाँ सर्ट मूभि ‘वास्तब’ रिलिज (हेर्नुहोस् भिडियो)
छाती पिटेर श्रीमती रोइरहँदा मरेको लास किन बोलेन ?
हेटौँडामा खुकुरी हानाहान हुँदाको लाईभ भिडियो
दुबईमा अशोक दर्जीको पेट दुख्ने कमेडी
स्वतिस्तमा र सेड्रिनामा को राम्री ?