रेडियो भरोसा अब फ्रिक्वेन्सी मोडुलेसनमा, १०५.२ मेगाहर्जमा सुन्न सकिने

३० आश्विन २०७५, मंगलवार १३:०८

हेटौँडा, ३० असोज । एक वर्ष अघि मकवानपुरको हेटौँडाबाट अनलाईन मार्फत सेवा सुरु गरेको रेडियो भरोसालाईं अब एफ एम ब्याण्डमा सुन्न सकिने भएको छ । रेडियो भरोसा १०५.२ मेगाहर्जले फुलपातिको दिनदेखि फ्रिक्वेन्सी मार्फत सेवा सुचारु गरेको रेडियो भरोसाका स्टेसनका संयोजक सशान्त तामाङले जानकारी दिए ।

थ्रि स्टार मिडिया प्रा.लि. द्वारा सञ्चालित रेडियो भरोसाले अनलाईन सेवा मार्फत लाखाँै प्रवासी नेपाली तथा अनलाईन श्रोताहरुको मन जित्दै आएकोमा अब मकवानपुरसहित आसपासका जिल्लाहरुमा समेत श्रोताको मन जित्ने अपेक्षा सहित सेवा सुचारु गरिएको स्टेसन संयोजक तामाङले बताए ।

रेडियोले अनलाईन सेवा मार्फत नियमित रुपमा दैनिक तथा साप्ताहिक कार्यक्रमहरु प्रसारण गर्दै आएको छ । विशेष गरी युवाहरुको मन जित्न सफल रेडियो भरोसाले समाचार र मनोरञ्जनलाई एकैसाथ अगाडि बढाउने निर्णय गरेको छ । रेडियो १०५.२ मेगाहर्जका साथै अनलाईनमा www.radiobharosa.com मार्फत संसारका कुनै पनि स्थानबाट सुन्न सकिन्छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*