दशैँमा चियापानको साटो वृद्धाश्रममा सहयोग, चियापन अन्त्य गर्ने उदेश्य

२८ आश्विन २०७५, आईतवार १२:४२

हेटौँडा, २८ असोज । नेपाल राष्ट्रिय बाणिज्य संघ मकवानपुरले दशैँमा चियापन कार्यक्रमको सट्टा वृद्धाश्रममा सहयोग गरेको छ । संघले हेटौँडा–१ चौकी टोलमा रहेको ओम वृद्धाश्रममा एक कार्यक्रमको आयोजना गरी आईतबार सहयोग गरेको हो ।

विजयादशमी, शुभ दिपावली, नेपाल सम्बत ११३९, छठ तथा ल्होछारको अवसरमा आश्रमलाई ९ बोरा चामल तथा १ बोरा चिउरा सहयोग गरिएको संघका मकवानपुर सचिव केशव प्रसाद मुडभरीले बताए । चाडपर्वका अवसरमा चियापान गर्ने परम्पराको अन्त्य गर्ने उदेश्य सहित चियापानको सट्टा सहयोग गरिएको मुडभरीले बताए ।

संघका मकवानपुर शाखा अध्यक्ष विष्णुहरी पण्डितको अध्यक्षता तथा नेपाल राष्ट्रिय बाणिज्य महासंघका सचिव रजनी तिवारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संघका संस्थापक अध्यक्ष तथा पूर्व केन्द्रीय सदस्य रामप्रसाद न्यौपाने, केन्द्रिय सदस्य माधव ज्ञवाली, ओम वृद्धाश्रमका अध्यक्ष, सचिव, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा समाजेवीहरुको उपस्थिति रहेको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*