तामाङ चलचित्र ‘सेमरीन मुला माया’ असोज २७ गते भक्तपुरमा

२६ आश्विन २०७५, शुक्रबार १४:४५
Semrin Mula Maya_Murchunga TV Premier

–चन्द्र घलान
हेटौँडा, २६ असोज ।
पछिल्लो समय निकै नै चर्चामा रहेको तामाङ भाषाको चलचित्र ‘सेमरीन मुला माया’ यही असोज २७ गते शनिबार भक्तपुरमा प्रदर्शन हुने भएको छ । यस अघि बौद्धमा रहेको सिदार्थ हलका साथै अन्य स्थानमा समेत विशेष शो गरिएको चलचित्रलाई शनिबार साँझ ४ः३० बजे भक्तपुरको बाराही हलमा प्रदर्शन गर्न लागिएको चलचित्रका नायक तथा निर्देशक हुत्त सञ्जय लामाले बताए ।

विषेश शोमा सहभागी हुनका लागि तामाङ चलचित्र संघका अध्यक्ष एवम् चर्चित कलाकार बिकु थोकर, चलचित्रकी नायिका खुशी घिसिङ सहित चलचित्रका नायक तथा निर्देशक हुत्त सञ्जय लामा र अन्य कलाकारहरुले समेत सामाजिक सञ्जालमार्फत आह्वान गरेका छन् । चलचित्रलाई यस अघि सर्लाहीमा समेत प्रिमियर शो गरिएको थियो । चलचित्र हेर्न हजारौँ दर्शकको ओईरो लागेको थियो । पहिलो शो सँगै माउथ पब्लिसिटीका कारण चलचित्रले थप चर्चा पाएको छ ।
यो पनि हेर्नुहोस्–
नेपाली मुलधारको चलचित्रलाई टक्कर दिँदै आयो तामाङ चलचित्र ‘सेमरीन मुला माया’
जितु र निमाको ‘घ्याल्मो दोसी’ चर्चित बन्दै, सञ्जय र खुशीको जोडी दर्शकको रोजाईमा
तामाङ चलचित्र ‘सेमरीन मुला माया’ हेर्न उर्लिए दर्शक
चर्चित बन्दै ‘सेमरिन मुला माया’ को वियोगान्त गीत

नायक सविन श्रेष्ठको समेत विशेष भूमिका रहेको चलचित्रमा हुत्त सञ्जय लामा, खुशी घिसिङ, संगीता दोङ, भिम तामाङ, राजु झक्कास वाईबा, कमल लोप्चन, कमल योञ्जन लगायतको अभिनय रहेको छ । साथै बाल कलाकार निमा दोङ, रुचिका गोले र निक्की दोङको समेत अभिनय चलचित्रमा छ ।
राजु दोङको दमदार द्वन्द समेटिएको चलचित्रलाई रामेश्वर जिरेलले खिचेका हुन् । मुस्ताङ, नुवाकोट, काठमाडौ लगायत विभिन्न पर्यटकीय स्थलहरुमा छायाँकन गरिएको चलचित्रलाई सम्झना तामाङ र लोसाङ लामा (ईसान) ले निर्माण गरेको चलचित्रलाई सञ्जय र अर्जुनले निर्देशन गरेका हुन् ।

सञ्जयकै कथामा बनेको चलचित्रका गीतहरुमा अजय स्याङ्तान र दिपक तामाङको कोरियोग्राफी रहेको छ । त्यस्तै प्रयास दोङ र सञ्जयको संगीतमा प्रयास दोङ, जितु लोप्चन, निमा दोङ र अमृत लामाले आवाज दिएका छन् । गीतका शब्दहरु सम्झना लामा र कुमार स्याङ्बाले लेखेका छन् ।
‘सेमरीन मुला माया’ को ट्रेलर, ‘दुःखै दुःखला ल्हुई ङाला’ बोलको वियोगान्त गीत, ‘घ्याल्मो दोसी मिरी छ्याजी’ र ‘तामाङको ल्होछार महान चाड’ बोलको गीत समेत चर्चामा छ ।
यो पनि हेर्नुहोस्–
निर्मला पन्त सामुहिक बलात्कारको शिकार भएको खुलासा (हेर्नुहोस् भिडियो)

अशोक दर्जीको खतरा फ्यान (भिडियो सहित)

हेटौँडेली युवाहरुको नयाँ सर्ट मूभि ‘वास्तब’ रिलिज (हेर्नुहोस् भिडियो)

छाती पिटेर श्रीमती रोइरहँदा मरेको लास किन बोलेन ?

हेटौँडामा खुकुरी हानाहान हुँदाको लाईभ भिडियो

दुबईमा अशोक दर्जीको पेट दुख्ने कमेडी

पल र आँचलको प्रेम युद्ध

स्वतिस्तमा र सेड्रिनामा को राम्री ?


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*