राजकुमार तामाङको ‘आमा’ मा आमाको त्याग र स्नेहको कथा (भिडियो)

२४ आश्विन २०७५, बुधबार ०६:२५

हेटौँडा, २४ असोज । संसारमा आमाभन्दा ठूलो सायद कोही नहोला । आमाको त्याग, आमाको अथाह स्नेहको ऋण हामी कसैगरी पनि तिर्न सक्दैनौँ । बालापनमा आमाले आफु खाई नखाई हुर्काउनुभएको क्षण र हाम्रो जीन्दगीमा आमाको महत्वका विषयहरुलाई समेत शब्दमा उतारेर गायक एवम् संगीतकार राजकुमार दोङ तामाङले ‘आमा’ बोलको गीत सार्वजनिक गरेका छन् ।

चर्चित नायिका चाँदनी मोक्तान, सञ्जय योञ्जन र बुद्ध स्याङ्बाको अभिनय रहेको उक्त गीतको म्यूजिक भिडियो डम्फु मिडियाको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

गायक एंव संगितकार राजकुमार दोङको शब्द, संगीत र स्वर रहेको गीतलाई बुद्ध स्याङ्बाले संगीत संयोजन गरेका हुन् । भिडियोलाई निर्देशक एवम् चर्चित नायक अमिर दोङले निर्देशन गरेका हुन् । भिडियोलाई विक्रम मोक्तानले खिचेका हुन् । हेर्नुहोस् भिडियो–

यो पनि हेर्नुहोस्–

अशोक दर्जीको खतरा फ्यान (भिडियो सहित)

हेटौँडेली युवाहरुको नयाँ सर्ट मूभि ‘वास्तब’ रिलिज (हेर्नुहोस् भिडियो)

छाती पिटेर श्रीमती रोइरहँदा मरेको लास किन बोलेन ?

हेटौँडामा खुकुरी हानाहान हुँदाको लाईभ भिडियो

दुबईमा अशोक दर्जीको पेट दुख्ने कमेडी

पल र आँचलको प्रेम युद्ध

स्वतिस्तमा र सेड्रिनामा को राम्री ?


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*