हेटौँडाका गायक बुद्ध मोक्तानको ‘दशैँ तिहार ’ गीत सार्वजनिक, मकवानपुरकी कमला पनि भिडियोमा

२० आश्विन २०७५, शनिबार १७:११

हेटौँडा, २० असोज । मकवानपुरको हेटौँडा १७ हटिया निवासी गायक बुद्ध मोक्तानको ‘दशै आउँदा तिहार आउँदा’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । पेशाले प्रहरी सेवामा समेत आवद्ध गायक मोक्तानले प्रहरी सेवामा लागेपछि दशैँ–तिहारको बिदा नपाउँदाको पिडालाई आफ्नो शब्द र स्वरमा उतारेका छन् । गीतलाई दिपकराज विश्वकर्माले संगीत भरेका हुन् ।

म्यूजिक नेपालको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भिडियोमा गायक मोक्तानसहित मकवानपुरकी चेली कमला भोम्जनको समेत अभिनय देख्न सकिन्छ । गीतको म्यूजिक भिडियोमा गायक मोक्तान सहित कमला भोम्जन, विजय जिम्बा, कमला थापा र जोशन शेर्पाको अभिनय रहेको छ । प्रवेश पोखरेलको छायाँकन र खमेश श्रेष्ठको निर्देशनमा तयार भएको गीतको म्यूजिक भिडियोलाई सुरेश श्रेष्ठले सम्पादन गरेका हुन् ।

अर्को गीतको म्यूजिक भिडियो समेत तयारी गरिरहेका मोक्तानले दशै तिहारको बारेमा सार्वजनिक भएको गीतको म्यूजिक भिडियो हेरेर धेरै आमाबुवाहरु रोएको प्रतिक्रिया दिएका छन् । ‘यो गीत सुनेर धेरै आमाबुवाहरु रुनुभएको छ’, मुर्चुङ्गा टिभीसँग कुरा गर्दै उनले सुनाए, ‘दशैँ तिहारको बेला एउटा फौजीले छुट्टी नपाउँदा र परिवारबाट टाढा हुनुपर्दाको पिडा यो गीतमा छ ।’
हेर्नुहोस् भिडियो–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*