
‘द हेटौँडा क्रियु’ को ‘झुम्के बुलाकी’ सिड्नीमा सार्वजनिक हुँदै

मकवानपुर, १७ असोज । मकवानपुरमा पछिल्लो समय चर्चामा रहन सफल डान्स ग्रुप ‘द हेटौँडा क्रियु’ को डान्स कभर भिडियो ‘झुम्के बुलाकी’ यही अक्टोबर ६ तारिखमा अष्ट्रेलियाको सिड्नीमा सार्वजनिक गरिने भएको छ ।
सिड्नीमा हुने एक कार्यक्रमका बिच भिडियो रिलिज गरिने द हेटौँडा क्रियुका म्यानेजिङ डाइरेक्टर दिलिप लामाले जानकारी दिए । सिर्जु अधिकारी र अमृत खातीको आवाजमा रहेको उक्त गितको भिडियो द हेटौँडा क्रियुले तयार पारेको हो । भिडियोमा क्रियुका विष्णु, अमित,दिपक, दिलिप, कृष्ण, बिसु, अनिता, सन्ध्या र प्रियंकाको नृत्यलाई हेर्न सकिन्छ ।
गीतमा बिसम गौतमको शब्द र सिर्जु अधिकारीको संगीत रहेको छ । विष्णु ठकुरीको निर्देशन रहेको भिडियोलाई आशिष लामा, सुजन मग्राती र मिलन श्रेष्ठले खिचेका हुन् । गीतलाई अधिनायक मान शेरचनले सम्पादन गरेका छन् ।
यो पनि हेर्नुहोस्–
अशोक दर्जीको खतरा फ्यान (भिडियो सहित)
हेटौँडेली युवाहरुको नयाँ सर्ट मूभि ‘वास्तब’ रिलिज (हेर्नुहोस् भिडियो)
छाती पिटेर श्रीमती रोइरहँदा मरेको लास किन बोलेन ?
हेटौँडामा खुकुरी हानाहान हुँदाको लाईभ भिडियो
दुबईमा अशोक दर्जीको पेट दुख्ने कमेडी
स्वतिस्तमा र सेड्रिनामा को राम्री ?