तामाङ चलचित्र संघको अध्यक्षमा चर्चित कलाकार बिकु थोकर सर्वसम्मत

१७ आश्विन २०७५, बुधबार ००:४४

मकवानपुर, १७ असोज । तामाङ चलचित्र संघको नयाँ अध्यक्षका रुपमा चर्चित कलाकार तथा समाजसेवी बिकु थोकर सर्वसम्मत चयन भएका छन् । मंगलबार चलचित्र विकास बोर्डको सभाहलमा भएको पाँचौँ राष्ट्रिय महाधिवेशन तथा १० औँ बार्षिक साधारणसभाले थोकरलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो ।

संघको अध्यक्षका रुपमा ४ जनाको दाबी रहेता पनि थोकरलाई सर्वसम्मत चयन गरिएको हो । संघको उपाध्यक्षमा कुमार मोक्तान, भुइसाल तामाङ, बुद्धिमान स्याङ्तान र दिपक लामा तामाङ चुनिएका छन् । संघको सचिवमा जयनकुमार मोक्तान, कोषाध्यक्ष निशा तामाङ, सचिव रोशन फ्युवा र सहकोषाध्यक्ष सुनिता तामाङ चयन भएका छन् । त्यस्तै सदस्यहरूमा गोपीलाल तामाङ, आइतेसिं तामाङ, ऋतुराज तामाङ, सञ्जय लामा, अजय स्याङ्तान, सुष्मा मोक्तान, अनिता गोले, निमा लामा र पुसन तामाङ रहेका चयन भएका छन् । संघको सल्लाहकारमा जेनिश दोङ, अमिर दोङ र दोर्जे तामाङ रहेका छन् ।

आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत सुनुवारको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल तामाङ घेदुङका महासचिव बाबु घिसिङ, नेपाल तामाङ कलाकार महासंघका अध्यक्ष सन्जीव वाइवा, तामाङ पत्रकार महासंघका अध्यक्ष विष्णु मोक्तान लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

यो पनि हेर्नुहोस्–
यस्तो देखियो तामाङ चलचित्र ‘घ्रान’ को प्रिमियर शो

‘घ्रान’ : परम्परागत तामाङ चलचित्रमा टर्निङ प्वाईन्ट
दर खाएर नाच्दा–नाच्दै एकको जनाको मृत्यू

अशोक दर्जीको खतरा फ्यान (भिडियो सहित)

हेटौँडेली युवाहरुको नयाँ सर्ट मूभि ‘वास्तब’ रिलिज (हेर्नुहोस् भिडियो)

छाती पिटेर श्रीमती रोइरहँदा मरेको लास किन बोलेन ?

हेटौँडामा खुकुरी हानाहान हुँदाको लाईभ भिडियो

दुबईमा अशोक दर्जीको पेट दुख्ने कमेडी

पल र आँचलको प्रेम युद्ध

स्वतिस्तमा र सेड्रिनामा को राम्री ?


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*