तामाङ चलचित्र संघको पाँचौ महाधिवेशन आज

१६ आश्विन २०७५, मंगलवार ००:५१

हेटौँडा, १६ असोज । तामाङ चलचित्र संघको पाचौ महाधिवेशन तथा साँस्कृतिक कार्यक्रम मंगलबार हुँदैछ । चाबाहिलमा अवस्थित गोपीकृष्ण हलको पछाडि रहेको चलचित्र विकास बोर्डको सभा हलमा महाधिवेशन तथा १० औँ वार्षिक साधारणसभा हुन लागेको संघका उपाध्यक्ष तथा चर्चित कलाकार बिकु थोकरले जानकारी दिए ।

महाधिवेशनका बारेमा जानकारी दिँदै संघका उपाध्यक्ष थोकरले सम्पूर्ण चलचित्रकर्मी तथा चलचित्रप्रेमीहरुलाई आमन्त्रण गर्दै सामाजिक सञ्जालमार्फत आह्वान गरेका छन् । कार्यक्रम मंगलबार बिहान ११ बजे हुँदैछ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*