
मकवानपुरका राजेन्द्र धादिङमा चम्कँदै, उत्कृष्ट ५ मा छनौँट

हेटौँडा, ११ असोज । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ पदमपोखरी टुटेपानी निवासी राजेन्द्र थापा मगर धादिङमा संचालित एक गायन प्रतियोगितामा उत्कृष्ट ५ मा छनौट भएका छन् । जिल्लाव्यापी ‘‘नाचौँ गाऔँ छमछमी’ एकल तथा सामुहिक गायन/ नृत्य प्रतियोगितामा उनी उत्कृष्ट ५ मा छनौट भएका हुन् ।
उत्कृष्ट ५ मा छनौट भएसँगै उनले आफुलाई भोटिङ गरेर सहयोग गरिदिनका लागि मकवानपुरबासी तथा श्रोता दर्शकसँग सहयोगको अपिल गरेका छन् । उनलाई भोट गर्नका लागि gncc 5sing लेखेर ३३००१ मा म्यासेज गर्न सकिन्छ । प्रतियोगिताको विजेताले नगद रु. ४० हजार सहित विदेश यात्रा तथा म्यूजिक कन्ट्रयाक्टहरु प्राप्त गर्नेछन् । ‘मलाई भोट गरेर सहयोग गरिदिनुस्, तपाईहरुको भोटले मलाई अगाडि बढ्न हौसला दिनेछ’, उनले भने ।
विद्यालय अध्ययनरत छँदाको अवस्थादेखि नै गीत–सँगीतमा चासो राखेका राजेन्द्रले भ्वाईस अफ टिन, खोजी प्रतिभाको लगायतका राष्ट्रिय रियालिटी शोहरुमा समेत सहभागिता जनाइसकेका छन् । उनले स्थानीय स्तरमा हेटौँडा आईडलको उत्कृष्ट ९ तथा पालुङ आईडलको उत्कृष्ट ७ सम्म पुगेर आफ्नो गायन कला प्रस्तुत गरिसकेका छन् । पप, आधुनिक र फिल्मी प्यार्टनका गीत गाउन रुचाउने राजेन्द्रले गीत गाएर मकवानपुरे संगीतकारहरुको समेत मन जितिसकेका छन् । हेर्नुहोस् केही समयअघि उनले प्रतियोगितामा दिएको प्रस्तुति–
यो पनि हेर्नुहोस्–
अशोक दर्जीको विदेश यात्रामा यसरी मच्चियो बब्बाल
अशोक दर्जीको खतरा फ्यान (भिडियो सहित)
हेटौँडेली युवाहरुको नयाँ सर्ट मूभि ‘वास्तब’ रिलिज (हेर्नुहोस् भिडियो)
छाती पिटेर श्रीमती रोइरहँदा मरेको लास किन बोलेन ?
हेटौँडामा खुकुरी हानाहान हुँदाको लाईभ भिडियो
दुबईमा अशोक दर्जीको पेट दुख्ने कमेडी
स्वतिस्तमा र सेड्रिनामा को राम्री ?