
द हेटौँडा क्रियुजको ‘नशालु रैछ’ रिलिज (भिडियो सहित)

हेटौँडा, ०३ असोज । हेटौँडाको चर्चित डान्स् ग्रुप ‘द हेटौँडा क्रियुज’ को प्रस्तुति रहेको नयाँ गीत ‘नशालु रैछ’ को अफिसियल म्यूजिक भिडियो सार्वजनिक भएको छ । म्यूजिक भिडियोलाई बुढासुब्बा डिजिटलको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको द हेटौँडा क्रियुजका म्यानेजर दिलकुमार लामाले मुर्चुङ्गा टिभीलाई जानकारी दिए ।
एस.बि.जी. लामाको शब्द र आवाजमा सजिएको गीतको म्यूजिक भिडियोमा द हेटौँडा क्रियुजका कलाकारहरु विष्णु, अमित, बिसु, दिपक, कृष्ण, सन्ध्या, प्रियंका र अनिताको अभिनय रहेको छ । साथै दिलकुमार लामाको समेत विशेष भूमिका रहेको छ । गीतलाई एस.बि.जी. र देवी रुम्बाले कम्पोज गरेका हुन् । गीतलाई गणेश सन्तोष प्रगाढले एरेञ्ज गरेका हुन् ।
दिलकुमार लामाको संवाद र कथामा निर्माण भएको म्यूजिक भिडियोलाई विष्णु ठकुरीले कोरियोग्राफी गरेका हुन् । म्यूजिक भिडियोलाई पर्वत राईले निर्देशन गरेका हुन् । भिडियोलाई प्रितम मग्रातीले खिचेका हुन् ।
हेर्नुहोस् भिडियो–
यो पनि हेर्नुहोस्–
अशोक दर्जीको खतरा फ्यान (भिडियो सहित)
हेटौँडेली युवाहरुको नयाँ सर्ट मूभि ‘वास्तब’ रिलिज (हेर्नुहोस् भिडियो)
छाती पिटेर श्रीमती रोइरहँदा मरेको लास किन बोलेन ?
हेटौँडामा खुकुरी हानाहान हुँदाको लाईभ भिडियो
दुबईमा अशोक दर्जीको पेट दुख्ने कमेडी
स्वतिस्तमा र सेड्रिनामा को राम्री ?