द हेटौँडा क्रियुजको ‘मेरो फोटो खिच न’ बजारमा आउँदै (भिडियो सहित)

२८ भाद्र २०७५, बिहीबार ०७:०४

हेटौँडा, २८ भदौ । हेटौँडाको चर्चित डान्स् ग्रुप ‘द हेटौँडा क्रियुज’ को प्रस्तुति रहेको नयाँ गीत ‘मेरो फोटो खिच न’ को अफिसियल म्यूजिक भिडियो सार्वजनिक हुने भएको छ । छायाँकन सकिएसँगै अहिले सम्पादनको काम सुरु गरिएको क्रियुजका म्यानेजर दिलिप लामाले मुर्चुङ्गा टिभीलाई जानकारी दिए । गीतको म्यूजिक भिडियो एक हप्ताभित्रमा सार्वजनिक गर्ने तयारी रहेको उनले बताए ।

विभिन्न कभर डान्स भिडियो तथा लघुचलचित्रहरु निर्माण गरेर चर्चा कमाउन सफल ‘द हेटौँडा क्रियुज’ यो म्यूजिक भिडियो सर्वाधिक पखाईको म्यूजिक भिडियो हो । म्यूजिक भिडियोको तयारी अन्तिम चरणमा पुगेको भन्दै क्रियुजले टिजर समेत सार्वजनिक गरेको छ ।

म्यूजिक भिडियोमा द हेटौँडा क्रियुजका कलाकारहरु विष्णु, अमित, बिसु, दिपक, कृष्ण, सन्ध्या, प्रियंका र अनिताको अभिनय रहेको छ ।

भिषण शाही र सन्ध्या जोशीको आवाजमा रहेको गीतमा भीम बिसीको शब्द र संगीत रहेको छ । ड्रिम्स् रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतलाई गणेश चौधरीले एरेञ्ज गरेका हुन् । विष्णु ठकुरीको परिकल्पना तथा कोरियोग्राफीमा निर्माण भएको म्यूजिक भिडियोलाई पर्वत राईले निर्देशन गरेका हुन् । भिडियोलाई आशिष लामा र सुजन मग्रातीले खिचेका हुन् । हेर्नुहोस् टिजर–

यो पनि हेर्नुहोस्

छाती पिटेर श्रीमती रोइरहँदा मरेको लास किन बोलेन ?

हेटौँडामा खुकुरी हानाहान हुँदाको लाईभ भिडियो

दुबईमा अशोक दर्जीको पेट दुख्ने कमेडी

पल र आँचलको प्रेम युद्ध

स्वतिस्तमा र सेड्रिनामा को राम्री ?


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*