हेटौँडेली युवाहरुको नयाँ सर्ट मूभि ‘वास्तब’ रिलिज (हेर्नुहोस् भिडियो)

२४ भाद्र २०७५, आईतवार ०७:०१
Featured Video Play Icon

हेटौँडा, २४ भदौ । हेटौँडाका युवाहरुले तयार पारेको लघु चलचित्र ‘वास्तब’ रिलिज भएको छ । मुर्चुङ्गा टिभीको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको लघु चलचित्र सस्पेन्सका साथै रोमान्टिक जेनरमा निर्माण भएको छ ।

हेटौँडा निवासी बिक्रम लुङ्वाको कथा लेखन तथा निर्देशनमा बनेको चलचित्र एस फिल्म्सको ब्यानरमा बनेको हो । चलचित्रमा मकवानपुरकै दिपक सापकोटा, बि.एन. धिताल, मुना मोक्तान, रामबाबु नेपाली र भोजराज श्रेष्ठ लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । सम्राज पाख्रिनको छायाँकन रहेको चलचित्रलाई बि.एन. धितालले निर्माण गरेका हुन् । चलचित्रलाई दिपक सापकोटाले सम्पादन गरेका हुन् ।

हेर्नुहोस् भिडियो–

लघु चललचित्र हेटौँडाका चर्चित स्थानहरु पुष्पलाल स्मृति पार्क, नारायणी मल, लाली गुराँश होटल लगायतका क्षेत्रमा छायाँकन गरिएको छ । चलचित्रले हाल सहरमा बसेर अध्ययन गर्ने विद्यार्थीहरुको कथा बोेकेको कलाकार बि.एन. धितालले बताए । लघु चलचित्रले विद्यार्थीहरुलाई कुलतको बाटोमा लाग्न नदिन सचेत समेत गराउने कलाकार दिपक सापकोटाले बताए ।
यो पनि हेर्नुहोस्

छाती पिटेर श्रीमती रोइरहँदा मरेको लास किन बोलेन ?

हेटौँडामा खुकुरी हानाहान हुँदाको लाईभ भिडियो

दुबईमा अशोक दर्जीको पेट दुख्ने कमेडी

पल र आँचलको प्रेम युद्ध

स्वतिस्तमा र सेड्रिनामा को राम्री ?


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*