नेपाल आईडललाई उछिन्दै ‘द भ्वाईस अफ नेपाल’, युट्युब ट्रेण्डिङमा ब्लाइन्ड अडिसन

११ भाद्र २०७५, सोमबार १६:१३

चन्द्र घलान/हेटौँडा, ११ भदौ । आवाजको मात्र कदर हुने अनि सुमधुर आवाजले मात्र जित्न सक्ने विश्वकै चर्चित ‘द भ्वाईस’ गायन प्रतियोगिताको नेपाली संकरण ‘द भ्वाईस अफ नेपाल’ सुरुवात भएसँगै यसको चर्चा चुलिएको छ । गायनमै भएको अर्को चर्चित सिंगिङ रियालिटी शो ‘नेपाल आइडल’ लाई समेत यसले उछिनेको कतिपयको दाबी समेत छ ।

युट्युबमै हेर्ने हो भने पनि यसले युट्युब ट्रेण्डिङको पहिलो नम्बरमा कब्जा जमाएको छ । नेपाल आईडलको भ्यू बढी भएता पनि सोही दिनमा अपलोड भएको नेपाल आईडलको छैठौँ भाग भने युट्युब ट्रेण्डिङको पाँचौ नम्बरमा छ । कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने ‘द भ्वाईस अफ नेपाल’ कार्यक्रमको पहिलो ब्लाईन्ड अडिसनलाई यो सामाग्री तयार पार्दाको समयमा अर्थात अपलोड भएको ४८ घण्टा नबित्दैको समयमा समेत ७ लाख ७४ हजारभन्दा बढी पटक हेरिएको छ । साथै ३४ हजारभन्दा बढी लाईक गरिएका छन् । साथै ६ हजारभन्दा बढी लाईक गरिएका छन् ।

कार्यक्रममा कुनै निर्णायक राखिएको छैन । तर अडिसन दिन आएकाहरुलाई कोचले कसैको अनुुहार नहेरी आवाज मात्र सुनेर छनौट गर्ने गरेका छन् । कार्यक्रममा अभाया सुब्बा, सनुप पौडेल, प्रमोद खरेल र दिप श्रेष्ठले कोचको भूमिका निर्वाह गरिरहेका छन् । हेर्नुहोस् भिडियो–
हेर्नुहोस् भिडियो–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*