बन्ने भयो ‘ब्ल्याक एयर’

८ भाद्र २०७५, शुक्रबार १४:००

हेटौँडा, ८ भदौ । नेपाली कथानक चलचित्र ‘ब्ल्याक एयर’ को निर्माण सुरु गरिएको छ । बिहीबार काठमाडौंको मैतीदेवी मन्दिर परिसरमा चलचित्रको शुभमुहुर्त गरिएको हो ।

चलचित्रलाई योगेन्द्र पनेरुले निर्माण गर्न लागेका हुन् । सुरेन्द्र बुढाथोकी र रश्मी शाहको मुख्य भूमिका रहने चलचित्रमा उकेश पनेरु, अनुपा खड्का, देव सागर,पवन भट्टराई लगायतका कलकारहरुको अभिनय रहने बताइएको छ । चलचित्र भदौ १० गतेबाट फ्लोरमा जाँदैछ ।

चलचित्र विशेष गरी भुकम्पले पुर्याएको क्षतिको बिषयमा बन्ने बताइएको छ । चलचित्रलाई काठमाडौं र ललितपुरमा छायाँकन गरिने छ । चलचिलाई लक्षु गौतमले निर्देशन गर्ने छिन भने रामेश्वर हुमागाँईले खिच्नेछन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*