‘घामपानी’ लगातार नम्बर १ ट्रेण्डिङमा

४ भाद्र २०७५, सोमबार १६:३२

चन्द्र घलान / हेटौँडा, ४ भदौ । देशव्यापी रिलिजका क्रममा हलहरुमा समेत दरिलो उपस्थिति जनाएर चर्चा कमाउन सफल नेपाली कथानक चलचित्र ‘घामपानी’ले युट्युबमा समेत धुम मच्चाएको छ । युट्युबमा अपलोड भएसँगै केही समयमा नै भाइरल बनेको चलचित्र लगातार नम्बर १ ट्रेण्डिङमा छ ।

यो समाचार तयार पार्दासम्म यस चलचित्रलाई युट्युबमा २१ लख ४३ हजारभन्दा बढी पटक हेरिएको छ । यस भिडियामा यो सामाग्री तयार पार्दासम्म २९ हजार लाईक र ५ हजार ६ सयभन्दा बढी कमेन्टहरु गरिएका छन् । विशेष गरी अन्तरजातीय विवाहमा आधारित चलचित्रमा चर्चित नायक दयाहाङ राईले तामाङ समुदायको युवकका रुपमा बुलन्द अभिनय गरेका छन् भने चर्चित नायिका केकी अधिकारीले ब्राम्हण समुदायको छोरीका रुपमा अभिनय गरेकी छिन् । यी दुई बिचको प्रेम नै चलचित्रमा मुख्य रुपमा देखाइएको छ ।

चलचित्रमा दयाहाङ र केकीसँगै अंकित खड्का, सिल्सा जिरेल, प्रकाश घिमिरे, पुष्कर गुरुङ, बुद्धि तामाङ, कविता आले, अरुणा कार्की, अमोघ पोखरेल लगायतको अभिनय रहेको छ । दिपेन्द्र लामाको लेखन र निर्देशनमा बनेको चलचित्रलाई शैलेन्द्र डी कार्कीले खिचेका छन् । चलचित्रमा कालीप्रसाद बास्कोटा र चन्द्रकुमार दोङको संगीत रहेको छ । हेर्नुहोस् भिडियो–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*