तामाङ चलचित्र ‘सेमरीन मुला माया’ भदौ १६ गते बिहान बौद्धमा प्रदर्शन हुने

३१ श्रावण २०७५, बिहीबार १६:४५

चन्द्र घलान, हेटौँडा, ३१ साउन । पछिल्लो समय निकै नै चर्चामा रहेको तामाङ भाषाको चलचित्र ‘सेमरीन मुला माया’ आउँदो भदौ १६ गते बिहान प्रदर्शन हुने भएको छ । वितरकले जिम्मा लिएसँगै पुस १३ गते अल नेपाल रिलिजको तयारी थालिएको यस चलचित्रको विशेष शो भदौ १६ गते बौद्ध गेट अगाडि रहेको सिदार्थ हलमा विशेष प्रदर्शन गरिन लागिएको चलचित्रकी नायिका खुशी घिसिङले जानकारी दिएकी छिन् ।

बिहान ९ बजेर ३० मिनेटमा सुरु हुने विषेश शोमा सहभागी हुनका लागि चलचित्रकी नायिका घिसिङ सहित चलचित्रका नायक तथा निर्देशक हुत्त सञ्जय लामाले समेत सामाजिक सञ्जालमार्फत आह्वान गरेका छन् । वितरकका तर्फबाट अल नेपाल रिलिज हुने पहिलो तामाङ भाषाको चलचित्र बन्ने पक्का गरिएको चलचित्रलाई यस अघि सर्लाहीमा प्रिमियर शो गरिएको थियो । चलचित्र हेर्न हजारौँ दर्शकको ओईरो लागेको थियो । पहिलो शो सँगै माउथ पब्लिसिटीका कारण चलचित्रले थप चर्चा पाएको छ ।

नायक सविन श्रेष्ठको समेत विशेष भूमिका रहेको चलचित्रमा हुत्त सञ्जय लामा, खुशी घिसिङ, संगीता दोङ, भिम तामाङ, राजु झक्कास वाईबा, कमल लोप्चन, कमल योञ्जन लगायतको अभिनय रहेको छ । साथै बाल कलाकार निमा दोङ, रुचिका गोले र निक्की दोङको समेत अभिनय चलचित्रमा छ ।
राजु दोङको दमदार द्वन्द समेटिएको चलचित्रलाई रामेश्वर जिरेलले खिचेका हुन् । मुस्ताङ, नुवाकोट, काठमाडौ लगायत विभिन्न पर्यटकीय स्थलहरुमा छायाँकन गरिएको चलचित्रलाई सम्झना तामाङ र लोसाङ लामा (ईसान) ले निर्माण गरेको चलचित्रलाई सञ्जय र अर्जुनले निर्देशन गरेका हुन् ।

सञ्जयकै कथामा बनेको चलचित्रका गीतहरुमा अजय स्याङ्तान र दिपक तामाङको कोरियोग्राफी रहेको छ । त्यस्तै प्रयास दोङ र सञ्जयको संगीतमा प्रयास दोङ, जितु लोप्चन, निमा दोङ र अमृत लामाले आवाज दिएका छन् । गीतका शब्दहरु सम्झना लामा र कुमार स्याङ्बाले लेखेका छन् ।

‘सेमरीन मुला माया’ को ट्रेलर, ‘दुःखै दुःखला ल्हुई ङाला’ बोलको वियोगान्त गीत, ‘घ्याल्मो दोसी मिरी छ्याजी’ र ‘तामाङको ल्होछार महान चाड’ बोलको गीत समेत चर्चामा छ ।
यो पनि हेर्नुहोस्–
नेपाली मुलधारको चलचित्रलाई टक्कर दिँदै आयो तामाङ चलचित्र ‘सेमरीन मुला माया’
जितु र निमाको ‘घ्याल्मो दोसी’ चर्चित बन्दै, सञ्जय र खुशीको जोडी दर्शकको रोजाईमा
तामाङ चलचित्र ‘सेमरीन मुला माया’ हेर्न उर्लिए दर्शक
चर्चित बन्दै ‘सेमरिन मुला माया’ को वियोगान्त गीत
‘सेमरीन मुला माया’ को ट्रेलर सार्वजनिक, प्रेम वियोग र एक्सनको मिश्रण


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*