
लगातार युट्युब ट्रेण्डिङमा ‘ए सरकार’

हेटौँडा, ३० साउन । रेकर्डिङको समयदेखि नै चर्चामा रहेको गीत ‘ए सरकार’ को म्यूजिक भिडियो लगातार युट्युब ट्रेण्डिङमा परेको छ । भिमफेदी गाईजले आफ्नो युट्युब च्यानलमा सार्वजनिक गरेको ४८ घण्टा नपुग्दै यो भिडियो युट्युब ट्रेण्डिङको ४५ औँ नम्बरमा परेको थियो ।
४५ औँ नम्बरबाट ट्रेण्डिङमा पर्न सफल भएको यो गीत अहिले यो सामाग्री तयार पार्दासम्म ३२ औँ नम्बरमा आइपुगेको छ । यो सामाग्री तयार पार्दाको समयमा यस भिडियोलाई १ लाख ९० हजारभन्दा बढी भ्यू पाएको गीतको शब्दहरु च्र्चित मकवानपुरे साहित्यकार तथा पत्रकार गिरिजा अधिकारीले लेखेका हुन् । यो म्यूजिक भिडियोमा ८ हजारभन्दा बढी लाईक र ७ सयभन्दा बढी कमेन्टहरु गरिएका छन् ।
उच्च शिक्षा हासिल गरेर दक्ष भइसक्दा पनि नेपाली युवाले बेरोजगार भई विदेशीनुपर्ने बाध्यतालाई गीतको शब्दमा उतारिएको छ । बेरोजगारी समस्या, युवाहरु ऋण राखेर विदेशिनु परेको पीडा र नेपालको मायालाई भिडियोमा देखाइएको छ । गीतमा पुष्पन प्रधानको आवाज छ । विकास पाण्डेले संगीत भरेको गीतमा रिकेश गुरुङ ‘किज’ को एरेन्ज मिक्सिङ रहेको छ । गीतमा चर्चित डान्स क्रियू ‘भिमफेदी गाईज’ को फिचरिङ रहेको छ ।
निर्मल लामा (बिजी) को परिकल्पना र निर्देशनमा बनेको म्यूजिक भिडियोलाई पवन सुस्लिङले खिचेका छन् । भिमफेदी गाईजले निर्माण गरेको म्यूजिक भिडियोमा भिमफेदी गाईजका सुरेन्द्रराज थिके, अर्या अनुराग थापालिया, मनोज विक्रम कुँवर, पवन लामा, विसन लामा, एलिना राना, रामराज शाही, कमल धामी, मनिस वाईबा, विशाल वाईबा, रोमियो केसी र भिमफेदी आमा समूह तथा भिमफेदीका स्थानीयको समेत अभिनय रहेको छ ।
पत्रकार अधिकारीको शब्द रहेको गीतहरु यस अघि पनि सार्वजनिक भइसकेका छन् । उनको ‘कम्मर मर्काई मर्काई, धरोधर्म लगायतका गीतहरुमा क्रमशः रुपक डोटेल र रामचन्द्र काफ्लेले आवाज दिएका छन् ।
हेर्नुहोस् भिडियो–