भुवनको मन छुने गजल–‘यमराजले यमलोकमा मगाएको बेला’

-भुवन घलान
यमराजले यमलोकमा मगाएको बेला ।
मलाई लान यमदुतले सगाएको बेला ।
सम्हालिन्छौ कि नाई तिमी त्यो पल
मेरो तस्बिरमा माला लगाएको बेला ।
नसोध्नु क्यारी भयो यो अप्रीय घटना
मलाई बाँच्न भित्रै देखि अघाएको बेला ।
तिम्लाई पटक पटक याद गर्यो दिलले
कालले मलाई बार बार जगाएको बेला ।
अन्तिम पटक हात हल्लाउँदै बिदा देउ
मेरो अस्तु खोलाले बगाएको बेला ।
(भुवन घलान, मकवानपुरका संचारकर्मी हुन्, उदाउँदो साहित्यकारका रुपमा परिचित भुवन जीन्दगीलाई शब्दमा उतार्छन् अनि पाठकलाई पिडाको गहिराईसम्म पुराएर जीन्दगीको वास्तविकता झल्काउँछन् । )
यो पनि पढ्नुहोस्–
मुटु कहिलेकाहिं यो शहरभन्दा माथि उड्छ
उसले आफ्नो मुटु उपहारमा राखेको छ
जीवनसाथी बन्न खोज्नेलाई सोच्न बाध्य तुलाउने साधनाको शर्त