गिरिजा अधिकारीको ‘ए सरकार’ युट्युबमा भाईरल, २ दिन नबित्दै युट्युब ट्रेण्डिङमा

२९ श्रावण २०७५, मंगलवार १३:०७
Featured Video Play Icon

चन्द्र घलान/हेटौँडा, २९ साउन । रेकर्डिङको समयदेखि नै चर्चामा रहेको गीत ‘ए सरकार’ को म्यूजिक भिडियो भिमफेदी गाईजले आफ्नो युट्युब च्यानलमा सार्वजनिक गरेसँगै युट्युबमा भाइरल भएको छ । सार्वजनिक भएको ४८ घण्टा नपुग्दै यो भिडियो युट्युब ट्रेण्डिङको ४५ औँ नम्बरमा परेको छ । यो सामाग्री तयार पार्दाको समयमा यस भिडियोलाई १ लाख ५३ हजारभन्दा बढी भ्यू पाएको गीतको शब्दहरु च्र्चित मकवानपुरे साहित्यकार तथा पत्रकार गिरिजा अधिकारीले लेखेका हुन् । यो म्यूजिक भिडियोमा १ हजार लाईक र करिब ७ सय कमेन्टहरु गरिएका छन् ।
हेर्नुहोस् भिडियो–

उच्च शिक्षा हासिल गरेर दक्ष भइसक्दा पनि नेपाली युवाले बेरोजगार भई विदेशीनुपर्ने बाध्यताका विभिन्न पाटाहरुलाई समेटेर शब्द सिर्जना गरिएको गीतको म्यूजिक भिडियो भाइरल भएसँगै साहित्यकार तथा पत्रकार गिरिजा अधिकारी थप चर्चामा छन् । बेरोजगारी समस्या, युवाहरु ऋण राखेर विदेशिनु परेको पीडा र नेपालको मायालाई शब्दमा उतारिएको गीतलाई पुष्पन प्रधानको आवाजले थप उत्कृष्ट बनाईदिएको छ । अधिकारीको शब्दमा विकास पाण्डेले संगीत भरेका छन् । रिकेश गुरुङ ‘किज’ को एरेन्ज मिक्सिङ रहेको गीतमा चर्चित डान्स क्रियू ‘भिमफेदी गाईज’ को फिचरिङ रहेको छ ।

निर्मल लामा (बिजी) को परिकल्पना र निर्देशनमा बनेको म्यूजिक भिडियोलाई पवन सुस्लिङले खिचेका छन् । भिमफेदी गाईजले निर्माण गरेको म्यूजिक भिडियोमा भिमफेदी गाईजका सुरेन्द्रराज थिके, अर्या अनुराग थापालिया, मनोज विक्रम कुँवर, पवन लामा, विसन लामा, एलिना राना, रामराज शाही, कमल धामी, मनिस वाईबा, विशाल वाईबा, रोमियो केसी र भिमफेदी आमा समूह तथा भिमफेदीका स्थानीयको समेत अभिनय रहेको छ ।

पत्रकार अधिकारीको शब्द रहेको गीतहरु यस अघि पनि सार्वजनिक भइसकेका छन् । उनको ‘कम्मर मर्काई मर्काई, धरोधर्म लगायतका गीतहरुमा क्रमशः रुपक डोटेल र रामचन्द्र काफ्लेले आवाज दिएका छन् । मकवानपुरको चर्चित समाचार पोर्टल तु खबर डटकमका प्रधान सम्पादक समेत रहेका अधिकारीका मकवानपुरे पत्रकारिता सम्बन्धी पुस्तक, इतिहास र लाल झा (कविता संग्रह) लगायतका ५ वटा पुस्तकहरु समेत सार्वजनिक भइसकेको छ । उनको ‘इतिहास र लाल झा’ लाई बज्जिका भाषामा समेत अनुवाद गरिएको छ ।

यो पनि पढ्नुहोस्–

हेटौँडाको ओम्याक्स सिनेमा हल जल्यो, करोडौँको क्षति (भिडियो सहित)

नेपाल आईडलको सिजन २ को धनगढी अडिसन युट्युब ट्रेण्डिङमा (भिडियो सहित)

नायिका आँचल भन्छिन्–‘जीवनको अँध्यारा पाटालाई प्रेमले सिँगार्ने कथा हो ब्ल्याक’

नेपाली मुलधारको चलचित्रलाई टक्कर दिँदै आयो तामाङ चलचित्र ‘सेमरीन मुला माया’

जितु र निमाको ‘घ्याल्मो दोसी’ चर्चित बन्दै, सञ्जय र खुशीको जोडी दर्शकको रोजाईमा

‘घ्रान’ : परम्परागत तामाङ चलचित्रमा टर्निङ प्वाईन्ट (भिडियो सहितको समिक्षा)


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*